by Radha Paudel

खोपा-आटी कि मन्दिरको चोटा.

म,
प्रकिर्तिले भिन्न.
मेरो,
सामाजिक मूल्य फरक.
मेरो,
परिवेश,
संगर्शको बिपरित नाम.
+
थाकेको छु,
भाग्दा भाग्दै.
लोलाएका छन्,
पखेटा,
उड्दा उड्दै.
कहिले मन्दिरको बास,
कहिले आटीको खोपा.
+
कहिले केटाकेटी लखेट्छन,
मिठो आहारा देख्छन.
कहिले बुदाबुड्डी
स्वर्ग जान्छन, धर्म कमौछन.
कहिले नेता, समौछ्न,
फुताकौछ्न,
मेरो चरित्र हत्या गर्छन.
+
आदेस गर्नु,
मलाई उडाउनु,
मन्दिर,
कार्यक्रम,
संबिधान सभा,
चोक,
खुलामंच,
खोटांग,
टनकपुर,
भरतपुर,
डोल्पा,
जनकपुर,
कांग्रेसले,
कम्युनिस्टले,
मदेशिले,
महिलाले,
पुरुषले,
राजदुत,
संयुक्त राष्ट्र संघ.
+
आखिर,
भनाइमा,भनेजस्तो.
पिपल्मेतमा,
केटाकेटी फकयेजस्तो.
मदिराको साथमा,
प्रेमिका बनाएजस्तो,
कस्तो ? कस्तो ??
स्केच गर्न नसकिने,
हराए हराए झैँ लाग्ने,
सपना सपना जस्तो.
+
खाली,
म प्रयोग गरिए मात्र,
सदुपयोग भएन.
स्वर फेरियो,
संरचना फेरिएन,
म माथि माथि उड्नुपर्ने,
तिमि पो माथि माथि उडिरहेउ.
रुप, स्वरूप फेरिरहेउ.
म खौरियेर,
तल तल धसिरहे..धसिरहे.
कति धसिंछु,
मलाई न हेक्का छ, न सहारा.
+
बिन्ति!
दुइ हात जोडेर बिन्ति,
सदुपयोग,
गर्न नसक्ने,नजान्ने,
हे बुद्धिमानी !
मेरै हैसियेतमा,
उड्न देउ,
चर्न देउ,
फुल्न देउ,
फल्न देउ.
मेरै,
हैसियेतमा घुर्न देउ.
मेरै,
हैसियेतमा रोज्न देउ,
खोपा-आटी कि मन्दिरको चोटा.

Previous Article
Next Article

Leave a Reply

Your email address will not be published.
*
*