कविता

कविता

by Radha Paudel

कविता
ठ्याक्याकै पाचँ वर्षबितेछन् ,
तिमरो र मेरो हिमचिम र बसउठ,
कहिले बालुवाटार,कहिले कोटेश्वर…
लुकेर धुलिखेल, खुलेर पार्क मिलेज,
दुरभाषमा कुरा त कति कति,
संझिदा आङ्गै सिरिङ्ग काउकुती कताकती,
नपत्याए कविता फेरि औला भाँच,
पल्र्टाई हेर कहाँ-कहाँ भए हाम्रा संझौता ।
१२ बुदे संझौता,
८ बुदे संझौता,
३ बुदे संझौता,
कति हुन कति संझौता,
कविताबिर्सियौ कसरी ।
संझौता गर्‍यौ तिमीले तोड्छौ तिमी आफै,
कहिले हतियारको नाममा,
कहिले धनको धाकमा,
कहिले बिद्यताको शानमा,
कहिले प्रतिष्ठाको बासमा ।
कविताम वाक्क भए,
वाक्क, वाक्क भित्र गरिदिए,
यो सात बुदे पनि,तिमी जे भन,
जे गर फकाउ वा रुवाउ,
यो अन्तिम संझौता हो ।
चाइना, सिंगापुर कता कता,
सवै बिर्सिए झै गर्दछौ फर्किए झै गर्दछौ ।
धोकै धोकाको निबास भित्र विश्वास खोज्दै छु मता ,
यो सात बुदेमा खोजेर हाम्रो सम्मान र नैतिकता ।

Leave a Reply

Your email address will not be published.
*
*