Steps for Peace

Steps for Peace

by Radha Paudel

परेबाको जोडीउड्यो
परेबाहरु उडे, सेता सेतापरेबाहरु
जहा हजारौ मानिसहरु,
खादा खादै मरेकाथिए
नाच्दा नाच्दै उडेकाथिए

कतिले आमा भन्नपाएनन्
कतिले पानि पाएनन्
कतिको लाशै चिनिएन
कतिको लाशै भेटिएन
हुलहालमा सतिगति गरेमा क्षणहरु आखैमा
टुहुराहरु ,गर्भे टुहुराहरु खोज्दैछन् तीनकाबाउआमा
बुवा आमाहरु कर्दैछन् ढोकेरी
वोल्दैनन् काग पनि सबेरै
आउन्न कोइली पनिकहिल्यै
जसले जे भनेपनि,
आज सम्म पेटभोकै ,
हर नाङ्गै छ।
गाई भेडा नैहुन मेरा साथी
बम बारुदको मुश्दोबाट,
भाग्दा भाग्दै बाचेको
सायद, यहि शान्तिखोज्न बाचेको होला
बाटो उस्तै गारोछ।
बम छैन तरबारुदको भुङग्रो तातै
अध्यारो, उस्तै उकाली, ओरालीपनि
तर पनि, थाकेकोछैन,
हिडीरहेछु,उडीरहेछु
तीनै परेबाको जोडिसगै,
सेता सेता परेबाको हुलसगै

Leave a Reply

Your email address will not be published.
*
*