म तेही शहर फर्कदै छु,

म तेही शहर फर्कदै छु,

by Radha Paudel

Dedicate for Jumla

म तेही शहर फर्कदै छु,
जहाँ म मरेर बाचे, बचेर् मरे ।
जसले मलाई रुन सिकयो, बाँच्न सिकायो ।
म तेही शहर फर्कदै छु ,
जसले मलाई फर्केर हेर्न सिकायो,
आफैलाई प्रश्न गर्न सिकायो ।

तिनै प्रश्नहरुको उत्तर खोज्दै,
खल्टखुल्तिमा माटो भर्दै,
नयाँ नयाँ बिउहरु छर्दै ,
म तेही शहर फर्कदै छु .

ढल्केको उमेर, लुलो खुटै भएनी,
शान्तिको बिगुल फुक्न,
मीत लाउदै,सँग संगै बाँच्न,
म तेही शहर फिर्दै छु ।

ढतेलोको काडा बाटई भरी भएनी,
स्याउ र ओखर्को स्वाद्ले बिर्सेंको छु,
धान, कोदोका बालाहरुले उतै हानिदै छु,
एउटा विश्वाश र निस्टाले तानिदै तानिदै,
म तेही शहर फर्केको छु ।

छाती फुलेको छ,
आँखा ओभनो पनि,
आतुर छु अगालिन अनी मिठो चुम्बन,
म तेही शहर फर्केको छु ।

तिमीलाई हासो लाग्छ,
मेरो शहर मा फेस्बूक छैन,
मेरो शहरमा चिप्ल्ने कार छैन,
मेरो शहरमा तिमी जस्ता चिप्ला कुरा छैन,
मलाई थाहा छ तिमीसित लामो लिस्ट छ
मलाई होचाउन, मलाई गिरौन,
हेर
मैले त भनेकै छैन
मेरो शहरमा के के छ
मैले गुगल्मा राखेकै छैन,
मेरो शहरमा के के छ ?
मलाई रिस छैन कसैसित,
आउ स्वागत छ मेरो शहरमा,
संगै मिलेर खोजु, खेलु
मेरो शहरमा के के छ ।
तिमी आएनौ भने म पर्खने छैन,
तिमीलाई बाइ बाइ गर्ने हिम्मत छ ,
मेरो शहरको भाग्य कोर्न,
म तेही शहर फर्केको छु
भोज पत्रमा खबर गर्दै
म तेही शहरमा शन्ती हरु जन्माउदै छु      
म तेही शहर फर्कदै छु ।

Leave a Reply

Your email address will not be published.
*
*