न कोख छ न काख ?

न कोख छ न काख ?

by Radha Paudel

कोखबाट मान्छे  काखमा झर्छ कि खस्छ ?
म सम्जिन्न कोख कती मज्जा थियो ?
तर किताब भन्छ गज्जब हुन्छ ।
कती गज्जब मैले सोधिन गुरुले भनेनन,
तेही किताब जानोस बा तेही लेख्नेहरु?
ए ए किताब त सबै तिनैले लेख्थे,
जसले  कोख मुन्छे को जिबन भर बर्दान पाएनन
खैर् जे होस्, जो होस् कोख कोख नै हो ,
संसारको सत्य, कटु सत्य, रिसैले मरेनी नहुने,
 पैसा – हा हा नो भ्यालु, भालु हुन्छ आलु ।
आज चराइरहेको, पोलिरहेको तेसैले हो
न कोख छ न काख ?
कोख न म सम्जिन्छु न सोध्नलाई—- छैन ।
काख म सम्जिन्छु,
कती मायालु, सुरछित, सन्सारै तेही,
नयाँ शब्द थप्दै छु शब्द कोस्मा थप्न, आशा छ भेटिन्छ
आफसोच मान्ने कि भाग्य ? खै के हो ?
काख छोटो रह्यो, सपना जस्तो जस्तो ।
भुज्थिन धेरै थियो, बुजे थोरै भयो .
झुक्काएर कतकती, अरुले नभुजे, बिर्सिये निदाये मात्र ।
तेही पनि छैन अब, अरु कोही खोस्दैनन, अ ह कोही पनि
मेरो काख, म शुरछित् रहने काख धेरै टाढा छ,
म सपनिमा देख्छु, म सुत्न सक्दिन, अरु के के  .
लाग्छ काख कहिलै मलाई सम्झन्न, बाहनामा निस्केको  
छितिज बाट चिहाएको  हुन्छ रे भन्छन      
भो म  छितिज चिन्दिन, सपनिमा  न आउन
कोख बिर्सेंर हुँदा काख बिर्सिन्न किन हुन्न .

Leave a Reply

Your email address will not be published.
*
*