नफेरिने शर्तहरु
समय बदलीयेछ,
छेउछौका मानिशरू पनि ।
निहालेर हेरेको त
आफ्नो भन्ने पनि ।
नयाँ बर्ष बदलियेर् ,
कहिले बसन्तमा झुल्किन्छ
कहिले शिशिर्को सिरेठोमा ।
बदलियेछ अंगालो,
फेरिएछ शुभकामना पनि ।
फेरिएका रेस्तुरन्ट
गिलासका रङ बिरङ पनि ।
हाम्रा गन्तब्य यात्रा
यात्राका शहयात्रिपनि ।
तर ताजै छन,
नबिर्सने नयाँ बर्षहरु,
नफेरिने शर्तहरु,
सदै सदै उस्तै शुभकामना पनि