Tamang Family Look Like Traditional Brahmin Family

Tamang Family Look Like Traditional Brahmin Family

by Radha Paudel

Khel Bhadur and Sonamaya Tamang, August 5, 2015

This is the Tamang family I ever met. It is very unique in many ways. It looks like high caste Bramin family. In Nepal, the caste practice is a key concern in political discourse. Indeed, the culture of family or community is shaped by exposure, exposure gives power and power gives many things. This family could be very interesting for sociologist who is interested in research.  This family live in Bhatpol, Gaisithok, Kavre.  

बिहान् चिया र दुई चक्की बिस्कुट मात्र भेटिएको थियो । गाउमा गएर शहरका खानेकुरा खाने ईच्छा मलाई पटक्कै हुँदैनथ्यो बेलुकानै अनुरोध गर्ने गर्थे तर भुकम्प गएका कारण मैले आफ्नो बारेमा केही भन्न नै सकिन। हामीले झन्डै दिउसोको १२ बजैसकेका थियौ।  निर्धारित् काम सकिएको थिएन, हामी समय भन्दा पछी परिरहेका थियौ । भोक लागेको महसुस भयो। उकालो ओरलो हिंड्नु पर्ने, बोलिरहनु पर्ने वास्तवमा सजिलो पटक्कै थिएन। छलफल हुँदै थियो, मैले आफु बसिरहनुको अौचित्य देखिन र खानाको बेबस्था भएतिर खोज्दै गए। 
वास्तवमा खाना पल्लो गाउ खाने, काम पनि सकाउने भन्ने थियो गाउमा हामीले भने जस्तै तेस्मा पनि घर परिवारले बोझ्को रुपमा लिएका आँखा राम्रोसित नदेख्ने, कान् नसुन्ने, राम्रोसित हिंड्न नसक्ने, बा आमाहरुबाट भनेकै समयमा हुने भनेको गफै हो।   
हेर्दा खेरी पसल वा होटल जस्तो घरमा छिरे तर कोही थिएन । पछाडिको धोकाबाट निस्केको त एक्जना भर्खर्को केटा मानिस् लुगा धोइरहेका । चुलो सफा छ , ५ -५ जनाको लागि खाना भनेको ठाउँ हैन भन्ने पक्का भो।  . 
अर्को घरमा पसे जहाँ दुई जना महिला लुगा सिलाई रहेक थिए, खाना खाने कुरो त हुँदै भएन। म बाहिर निस्कदै थिए अघी लुगा धोइरहेका भाईले आएर भने दिदी दिदी खाना भनेको ठाउँ त त्यो घरमा रहेछ, उनी मिर्दुभासी लगे मलाई।  
हेर्दै सफा लाग्ने घर मैले को हुनुहुन्छ ह भन्दै छिरे । बाहिरबाट घर सानो टहरो जस्तो लाग्थ्यो भित्र त अजङको रहेछ सुपर मार्केट जस्तो । खादन्न एकातिर् मिलएर राखेको, बिस्तारा अर्कोतिर, बस्ने ठाउँ एकातिर् , भन्सा अर्कै तिर, फ्रिज, पंखा , सबै सबै कुर। मलाई कहाँ छु जस्तो लाग्यो। घाम एकदम चर्को थियो । म सरासर खाना पकाएको ठाउमा गये र पिरो नराख्न बिन्ती बिसये अनी पानी तताउन अनुरोध । हिजो बास बसेको घरमा मुल्को पानी केही हुन्न भनेर अड्डी कसे रत भरी खोकी लाग्यो घाटी दुख्यो । 
गुन्द्री मा बस्न के ढल्केको मात्र थिए, हर हर बास आयो आपको,भुइ कटहरको । ओह ओह के के रहेछन नि यहाँ त भनेर लोभ जाहेर गरे। एक्छिन गफ गरे भुकम्पले के के भो ?
साथीहरु आएका थिएनन। खाना पनि पाकेको थिएन तेसैले मैले कुरा गर्नु नै थियो, भोक मार्नु नै थियो कुरै कुराले ।    
दुई जना उस्तै उत्रै केटीहरु खाट्मा बसेका थिए, एउटाले मोबाईल खोल्दै फोटो देखाइ यो बच्चा पर्‍यो, बच्चाउनै सकिएन । एस्को आमालाई तान्दा तान्दै आधी जिउ छोपिहाल्यो । बच्चा ८ महिनाको, धनी तमाङ को बच्चा, खुबै रहर लाग्दो थियो, मेरा आँखा रसाये , झन्डै म चिचाइेन। तेसै दिन बिहान् खिचेको सुतिङ नै गरे जसत फोटो, जे भएनी सहनै पर्ने । म बोल्नै सकिन।
तमाङ कुराले के के भने कुनी ३ वटा भुइ कटहर् लिएर काट्न बसे घरक पुरुष । मैले एही मौकामा कुरा फेरी उप्काये, अरु के के नोक्सन भो ? सुन्न पनि डर लाग्दो । हुन त म लगातर १ महिना भुकम्प पछी काम गरेको मान्छे । २६ वटा बाख्रा मरेको, ४ वटा ४ दिन्पछी निकलेको आर्मी आएर । १ भैंसी, १ राङा, एउटा मेडिकल हल । मैले थपे धन्न हामी सबै बचेँछौ, अन्त त १७ जना मरेर एउता बाचेका छन, छेक्न नसकिने रोक्न, नसकिने भनेर कुरो मिलाये तर् जिउ भरी कान्डा उम्रिरह्यो ।
दिदी बहिनी होलान भनेको त आमजु भुहरी रहेछन। प्रेम विवाह गरेर आएकी बुहारी, एस एल सि मात्र गरेकी। छोरी त १२ पदेर सि एम य गरेकी , मेडिकल चलाएकी अनी स्थाइ को परिक्षा दिएर कुरेर बसेकी। जेठि छोरी नेपालीमा बि एड सकाएर गाउमा नै  पडाउन थालेकी। जेठो छोरा पनि बि एड अङ्रेजी बिषयमा सकाएर जागिर गर्दै, बुहारी  धुलिखेल्मा पार्लरको तलिम गर्दै गरेकी । कान्छो छोरा गाडी चलाऊन तलिममा । म सुनी बसे । साथी अझै आएनन। भुइ कटहर् काटन मैले पनि सहयोग गरे ।
मैले नाता लगाये, दाई कती पढ्नु भएको छ ? उनी हासे र भने मैले पडेको छैन ? मैले पताइेन् । दाई बिदेस जानु भाथ्यो ? कतै जागिर गर्नु हुन्थ्यो , पुलिस आर्मी को जागिर थियो कि अरु कुनै, उनी हास्दै जे पनि हैन छैन भनेर टाउको मात्र हल्लाइरहे । अनित्म्मा छोरीले भनिन ५ कक्षा पडेको, उन्को नाम खेल बहादुर तमाङ र उनिको श्रीमतीको नाम सोनमाया तमाङ ३ कक्षा। दुबै जना ४८ बर्षका अनी ४० सालम विवाह । 
मलाई जमिन्दार् भनिने मान्छेहरुको जस्तो हुलिया लाग्यो उनी। तमाङ ठ्याक्कै बाहुन छेत्रीको जस्तो पारा । जिस्किदै सोधे, रक्सी पार्ने कता हो , सोझै रस्की खान्छौ कि खान्नौ भन्न डर लाग्यो। बिहान् भरी रक्सी खाएर मात्तियेक बुदा बुडि तरुनो तरुनी सबै भेटेर आउँदै छु । मेरा वर पर भएका ४ जना नै गलल हासे र भने हामी त रक्सी चुरोट् कोही पनि कहिलै पनि खाँदैनौ ।खाने जातले नखाये पनि हुने रहेछ नि । किन मनिस हरु मरी हत्ते गर्दा होलान ।
मसितै हिंडेका सह् सचिब भन्दै थिए उनी पनि खान्छन रे बेलुका बेलुका उनी थिए पक्का बाहुन । तिनै तमाङ गाउमा पौद शिक्छा पदाउदा सिकेका रे सबैले माया गर्ने नै भन्न नै नसक्ने। देखे कती माया पाएका थिए उनले तिन्तका। 
लाग्यो तमाङ जती बाहुन, बाहुन जती तमाङ हुने भये के हुन्थ्यो होला हुन त के हुन्थ्यो मेरो सिल्ली कुरा । जे होस् यो तमाङ घर आनौठो थियो। तर् पनि यो परिवार कसरी एस्तो भयो भन्ने चुरो पतो लगेन। साथी आए, खान खान बसेउ । दुध थियो, मही थियो, अचार् थियो, भात् अनी भटामस्, आलु के के मिसएको मिठो तरकारी, अनी फर्सिको मुन्टाको तरकारी । आमाको याद् बेस्सरी आयो, आमाले साग मन पर्छ भनेर एसरी पकाउनु हुन्थ्यो, मासु खान्न , घर बिरलै आउछे भनेर दुध ढहि को जोहो गर्नु हुन्थ्यो अब सबै सम्झ्नमा मात्र .
साथीहरु आप, भुइ कटहर् रोजी रोजी खान थाले, मलाई भने यो तमाङ परिवार कसरी एस्तो भयो भन्ने प्रश्न को उत्तर नपाएर छत्पटी भएको थियो। फेरी सोधे, तपाईंको बा जागिर गर्नु हुन्थ्यो ? फेरी भने हैन
के हो त जे भने नि हैन भन्ने मैले अली जिस्किएर भने .
भुइ कटहर्को आख्लो कोतर्दै गर्दा उन्ले भने बा रकमी काम गर्नु हुन्थ्यो .
मैले बुझी हाले रकमी भनेको के भनेर बाहुनलाई लाग्ने आरोप तर् म बाहुनको छोरी भएर कहिलैइ पत्तो पाइेन ।   
मैले नबुझे झै गरे र सोधे – के काम हो रकमी भनेको
सबै गलल फेरी हासे, खेल बहादुर ले भने – तम्सुक लेख्ने, लाल्पुर्जा बनाउने। मैले सोधे -नपदेको मान्छे कसरी लाल्पुर्ज बनाउन मिल्छ वा सक्छ  ?
खेल ले भने आज भोली जस्तो पढ्नु लेख्नु पर्दैन तेतिबेला। कालो पाटिमा बास्को चोयाले लेख्ने हो , अली अली लेखे हुन्थ्यो .
म हासे र भने यो तमाङ बस्तिमा एउटा मात्र तमाङ कसरी रकमी बन्यो ?
फेरी सबै हासे
तेस्तै भयो , संगत होला नि .
उनिलाई भेट्ने ईच्छा थियो तर् सकिएन जे होस् एउटा नमुन तमाङ परिवार जिबन्मा पहिलो पटक भेट्कोमा खुशी लाग्यो .
खेल ले भने अनुसार उन्को २२ रोपनी बाउले दिएको अंश पर्छ, छ रोपनी किनेर सिर्मतीको नाममा छ, कफी खेती गरेक छन बर्षको ७-८ लाख तेस्बाट आउछ  । उन्को पाखभरी कफी, भुई कटहर्, आप, अनार, केरा, लिक्ची, आम्रिसो, उुखु, मेवा,    खुर्सानी, सिमी, काउली, बन्दा, भन्टा मौसम अनुसार फल्ने रहेछ। गाई ४ लिटर दुध दिने सबै सबै रहेछ। कुखुरा पालेका थिए रे  सबै भुकम्पले लगेछ। कस्तो उद्दमी परिवार , बर्षको १०- १५ लाख घरमा नै सब परिवार सँगइ बस्दै रम्दै कमाउने हेर्दा खेरी पहाड छ पहाड भित्र सुन हिरा फलेको छ । सबै आकाशको पानीको भरमा।
बिदेस जाने न मन भयो न छोरा छोरी पठाउने मन नै छ उनिहरुको। इलम गर्नेलाई जहाँ पनि छ भनेर दुक्क छ। किर्सी समुह बाट नेपालको धेरै ठाउँ घुमेका रहेछन जस्तै ईलाम, पोखर, गुल्मी, पाल्पा,चित्वन .
हिंड्ने बेला मैले बल्ल आफ्नो परिचय दिये, उनिहरुले नि सोधेनन मैले नि भनिन।
फोटो खिच्न मन लाग्यो अनुमती लिये र फोटो खिचे अनी अनुमती मागे मिल्यो भने पत्रीका मा छाप्छु है । उनिहरु खुशी भये र अनुमती दिये

Their daughter, daughter in law 


  
  

Leave a Reply

Your email address will not be published.
*
*