आखिर मान्छे न हो,

आखिर मान्छे न हो,

by Radha Paudel

आखिर मान्छे न हो,
बाँच्न नसके पछी सहारा लिने नै भो,
बचोस् कसरी _
दिन ? दिनै सकस छ,
रात ? रातै सकस ।
घाम उदाउछ तर अध्यारो निस्पट,
जुन त झाकल् झुकल्नै हो .
आशाहरु निमोठीएपछी,
निरशाहरु सँग प्रेम कती टिक्छ र  ?
एउटा तर्क, तर्क हुन सक्छ,
तर
जिउने आधार बन्न सक्दैन ।
मान्छे,
सँगर्श गर्न सक्छ,
बिना आधार सँगर्शमा परास्त हुन्छ,
बगिरहने लेउ होस् वा उडिरहने हावा,
अर्थात
झुन्दिरहेको यो धर्ती,
बस्तुगत वा बिषयगत,
आधारमै अडेको हुन्छ ।
जब्बर्जस्ती लेखेका कानुन्हरु,
जिउने आधार हुन सक्दैनन
बल हुनेले मान्नु नपर्ने,
नोर्दोस र निर्धाहरुको बली ।
जबर्जस्ती गाडीएक खम्बाहरू,
राजनीति गर्ने हुन,
जिबन दिने हुर्मत नै कहाँ राखछन् र ?
प्रेम नभ्एको,
विश्वाश न्भएको
जिबन लिएर गूड्न भन्दा,
हेपिएको हेर्न,
चेपिएको दुख्न भन्दा,
तेही खम्बाहरुमा तिनै दस्ताबेज
झोसेर तिम्रै सहारा लिनमन छ ।
किर्पया,
मलाई कातर् नभनिदेउ ।
 

Leave a Reply

Your email address will not be published.
*
*