16 Days VAW Celebration 2015; Lost at their own cocoon

16 Days VAW Celebration 2015; Lost at their own cocoon

by Radha Paudel
महिला हिन्सा बिरुदको १६ दिने अभियान मनाउनु एउटा नैतीक दायित्व हो जस्तो लाग्छ तसर्थ बिरामी शरीर लिएरै भये पनि केही समरोहमा पुगे सधैं झै एस्पली नि। यो दिबस मनाउने पनि तीज मनाये झै होड् हुन्छ । डोनोर हुनेहरू तामझामका साथ तारे होटेलहरुमा पुग्छन, नहुनेहरु अरु कसै सित मिलेर वा कसैकोमा गएर मिसिन्छन र १६ दिन सकाछन । महिला हिन्स आन्त्य वा न्युनिकरन गर्न १६ दिने दिबस् मात्रै हैन अरु थुप्रै दिबस छन जसले हिन्सा गर्न निसेध गर्दछ । एसरी लगातर १५ बर्ष दिबस मनाउदा मैले चाँही खसै फरक देखेको छैन अनी तारे होटेलमा खान गएजस्तो लागेर, पीडित महिलाहरुको आसुले पिर्छ कि जसतो लागेर यो मन एसै एसै पिरोलिन्छ, कतिपय बेला त निद्रा नै भागछ।  हुन त यो दिबस एसरी नै फरक फरक ढंगले मनाउने हो । सेल हामी सधैं खान्छउ तर तिहारमा सेल खानुको महत्व नै अर्कै हुन्छ, बत्ती हामी सधैं बल्छौ तर नयाँ बर्ष मा बल्नुको रङ नै बेग्लै। तेस्तै हो १६ दिने दिबस्को उदेस्य पनि । हामी सबै मिल्ने, सँग सँगइ सबैले मनाउने अर्थात प्रतिबद्द हुने, जिबन र जगत बदल्दै लग्ने ।  
मैले बिशेषगरी एस्पाली काठमाडौंमा १६ दिने मनाउदाका अनुभब प्रस्तुत गर्न चाहन्छु ।
कार्यक्रम केही ढिलो सुरु भयो। बक्ताहरुले बोल्न सुरु गरे, भाषान भयो, एउताले अर्काको नमै लिएर प्रशम्शा गरे, अर्कोले अर्कोको। सबैले हातेमलो गर्न आपिल गरे, चिचाये। १५ बर्ष देखी देखिरहेका बक्ताहरु, सुनिरहेका भाषान्हरु। कोही पीडित त्यहाँ थिएन, कसैले पनि पीडितको पक्षमा कुरा गरेन । देशको बिसम परिस्थितीले को को कती हिन्स्मा परे कसैले सम्झिदा पनि सम्झिएन ।
ठुलो महिला अधिकार सस्थामा काम गर्ने अर्को बक्ता बोल्नु भयो र भन्नु भयो, भन्न त मैले नि सभापति नै भने, सबिधान्को भाषा बोल्नै पर्‍यो तर हामीले शब्दमा सुधार गर्नु पर्छ, रास्ट्य धछ्या भन्नु पर्छ । हामीले सबै सधैं संबिधान का भाषा बोल्ने भये किन आन्दोलन चहियो, किन दिबस चाहियो ? नभएका वा थप् गर्नु पर्ने कुरा भन्दै भन्दै, सुनाउदै, गर्दा कालन्तर्मा निती निर्मातालाई र अभ्यासकर्तालाई मन पर्छ र संबिधान बन्छ वा कानुन बन्छ । गाउका सोझा साझा मानिसहरुलाई तालिम दिने, भोक्भोकै हिडाउने बेला गरिने भाषान र तारे होटेल मा गरिने काम आकाश जमिन को अन्तर ।  
अर्को तारे कार्यक्रममा जाने अबसर जुर्यो, गज्जब नै लाग्यो। कार्यक्रम सरकारले आयोजना गरेको भये पनि पैसा भने सयुक्त रास्त्य संघको थियो । नेपाल सरकारलाई प्रतिनिधित्व गर्ने ठुला ठुला बेक्तिहरु जसतै सचिब, सह – सचिब, सयुक्त रास्त्य सङका उच निकएका बिदेशी र नेपाली पदधिकारीहरु, बिशेषगरी मुल्धार मेडियामा काम गर्ने पत्रकार हरु,केही गैर सरकारी निकाएका बेक्तिहरु। कार्यक्रम रमाइलो नै थियो तर मेरो मन पटक्कै रमाएन । कार्यक्रम प्रस्तोता जो महिला मन्त्रालय नै प्रतिनिधित्व गर्थिन भनिरहेकी थियिन – सचिब श्रीमान …… कसैले पनि होइेन, हुन्न भनेन। प्रस्तोता कर्ता मध्ये एक भनिरहेकी थियिन- छिट्टै नै कानुन बन्दै छ कस्तो शब्द लैङिक मैत्री शब्द भनेर । सोचे ति शब्द पनि तिनै सोझै गाउले लाई होला किन भने उनिहरु के किन कसरी भनेर केही प्रश्न गर्दैनन, अर्थात जे भने पनि पतौनु पर्छ, गर्नु पर्छ चाहे जती सुकै मुल्य चुकाउन नै किन नपरोस । अर्का सचिब धनी सस्थका महिला सँग कुरा गर्दै थिए – भनिस्यो…, गरिस्यो…, दिस्यो… यस्तै यस्तै । आखिर हामीले गर्न खोजेको के हो ? कल्लाई हो ?  
मैले गफै गफमा भने – हैन हे आजको दिन्मा आएर महिला मन्त्रालयका कर्मचारीले के श्रीमान भनेको सचिब्लाई ? सह सचिब महिलको जबफ थियो सम्मान गरेको नि । शक्ती वा मस्कुलिनितीको प्रतिनिधित्व गर्छ भन्ने सिदान्त कता गयो होला? अहिले बिद्या भण्डारी रास्त्य प्रमुख हुँदा जुन खाल्को मनो बैज्ञानीक सस्कार् सुरु भएको छ, सबै छोरी र  छोरी पाउने बा आमाले मेरो छोरी रास्त्य प्रमुख बन्न सक्छे भनेर आत्मा विश्वाश बद्ने कुरालाई उहाहरु के भन्नु हुदो हो ?
 श्रीमान, आयिस्यो, भन्ने, धन्स्तकर गरेर नमस्ते गर्ने प्रथा जारी राख्ने हो भने ठिकै छ सबै ठाउमा तेस्तै शिक्षन गरु, सबैलाई तेस्तै बनाउ । जो सोझो छ, जसको गास बास्को ठेगाना छैन उनिहरुलाई सास्थी दिन बन्द गरौ । उनिहरु हामी भन्दा धेरै रुपन्तरित छन,तालिम बिना जिबन्बाट सिकेक छन, कानुन भन्दा पहिले नै गरेका छन । तेस्ता महिला पुरुषहरुलाई बधाई, शुभकामना अनी सलाम ।   
सन २०१२ मा तेही हल, तिनै आयोजक थिए। ग्रामीण महिलाहरुको रुपान्तरन् भन्ने बिषय थियो । म बिदेसमा बस्ने बिदेशी साथीको मार्फत त्यहाँ पुगेको थिए। कार्यक्रम कक्ष खचखच थियो सबै खाले प्रतिनिधि थिए ठुला ठुला पद समालेक थिए, अझै विश्वाबिद्यालयमा जेन्डर पदाउने प्रसिद प्राधापकहरु थिए । सचिब्ले बोले – महिला अधिकारले घर घरको शान्ती बिग्रेको छ । त्यहाँ बसेका जो कसैले पनि त्यो भनाइलाई प्रश्ण गरेन,कसैले पनि होयिन भनेन । चुप लाग्नु शान्ती हैन, नभुझेर, नसकेर, चुप रहेको हुन सक्छ अनुसन्धान, अनुभब्ले तेही भन्छ भनेर कुनै पनि विद्वान, अभियेन्ता, आयोजक कसैले पनि केही भनेन ।       
मर्सिडिज् चडेर् हिंड्ने बेक्तीहरुलाई सार्वजनिक यातायातमा कती सास्ति हुन्छ, कती हिन्सा हुन्छ भन्ने थाहा हुन गरै छ । कोठिबाट भागेर आएकी महिला होस् वा आफु बलत्किरित भएकी तर कसैलाई भन्न नसकेकी महिला वा भनेर पुलिस, अदालत सबै धाएर एक्लै परेकी महिल्को पिडा, हर पल मरेर इज्जत, भाग्य, छोराछोरी भन्दै बाच्ने महिला वा पीडितको चरायिरहेको घाउमा खै कल्ले मलम पट्टी गर्ला । 
यस्तै काम तर मोफसल्मा पुगे तेतिखेर म सिराहा पुगेको थिए काम थियो राजनैतीक नेताहरुलाई अभिमुखी कार्यक्रम । पहिलो दिन बा आए,दोस्रो दिन कोही आएन तेस्रो दिन छोरो आए , गर्ने बेलामा तिनै दिन्को हाजिर गरे र भत्ता दाबी गरे,मेरो केही लागेन। लागोस नि कसरी म न पैसा दिने वाला थिए न सरकारी निकाये नै। 
महिला अधिकार, शश्क्तिकरन, शान्ती आदी बिसएमा फरक फरक मत हुनु स्वाभाबिक हो तर जनताकोनुन ख्यएर काम गर्ने सरकारी कर्मचारी हुन वा सरकारलाई सगाउने सस्थहरुले गर्ने यस्तै बेबहार्ले के हिन्सा मुक्त समाज बन्ला त । शन्का नै लाग्छ ।  
१६ दिने दिबश लगायत अरु दिबशहरु वा महिल हिन्सा न्युनिकरन गर्न गरिने अधिकाश कार्यक्रमहरु डोनोरको प्रथ्मिकता, उनिहरुको भुजाइका गरिने हुँदा पनि महिला अधिकारको वा हिन्सको मुद्द छायामा परेको देखिन्छ। सबैले महसुस गरेको कुरा हो कि सबै खालका हिन्सा बिरुद एउटै छाता एन चाहिन्छ भन्ने सबैले भुजेको छ तर डोनोर को पैसा निस्चित काम वा सबाल्को लागि आएको हुनाले मै हुँ भन्ने अधिकार कर्मी, कानुन्बिद, सरकारी बेक्ती त्यो कुरा नभुझे झै गर्छ । 

Leave a Reply

Your email address will not be published.
*
*