स्वाभिमान्को खोजिमा,

स्वाभिमान्को खोजिमा,

by Radha Paudel

घाम उदायो,बिलायो आँफै,
जान्नेहरुले बिलाउन सकेनन,
हार्नेहरु पनि उदाये सँगै ।
म त्यो दिन कुरेर बसे.
नछेकिने, नसुक्ने,
असिनाको दिन न पसिनाको दिन ।
++++++
सबैदेखी हार्दा पनि,
मनै देखी मर्दा पनि,
तेही फोर्मुलाले हासी रहे,
पल् पल पर्खि रहे,
कसैले नहेप्ने दिन ।
++++++
उद्रिएको, मैलिएको,  
स्वाभिमान मजेत्रोले बेरेर,
घिक्क घिक्क कल्पिरहे,
कसैले नहेप्ने दिन ।  

त्यो दिन आयो कि आएन कुन्नी,
आउँदै छकी, आउँदैन कि खै,
घाम उदाइ रहेको छ, बिलाउछ पनि,
घाम सँगै कोही अरु आउछन ।
++++++
तर
तिमी न घाम सँग छौ, न रात सँगै,
तिमीले पडाएको स्वाभिमान,
पारलैसिस भएको छ,
न घाम छ, न रात ।
++++
जेरो डिग्री मा
जमेको छ, फेरी उस्तै,
तिमीबाटै हेपिएर,
कालो पथर बनेको छ।
स्वाभिमान्को खोजिमा,
घाम सँगै भौतारिन्छ,
घाम सँगै बिलाउछ
एउटा अनिस्चित यात्रामा ।  

Leave a Reply

Your email address will not be published.
*
*