पुतली झै उडने रहर

पुतली झै उडने रहर

by Radha Paudel

पुतली झै उडने रहर थियो,
पुर्णिमा झै खुल्ने रहर थियो,
शरीरभर निल्डाम् ढाकेर,
कहाँ पुग्न सकिदो रहेछ र ?
+++
बिदेशी लालि र पाउडरले छोपेकै थिए,
लामा लामा,झिल झिले पहिरन्मा सजिएकै थिए,
लुकी लुकी क्लिनिक धाउथे, ट्याब्लेट् लिएकै थिए,
तर निको भएन,कसै गरेनी भएन ।
निल्डाम् त हो भनेको,
भित्र भित्रै इन्फेक्सन भएछ,
हड्डी पो छेडेछ,
रगतमा इन्फेक्सन सरेछ,
ग्याग्रिन् भएछ,
भएछ सेप्टिसेमिया ।
++++
आइ सि यु मा छु,
था पाउछु जब पेन्किल्लर ले छोड्छ,
अनी
नर्सहरुले पट्टी फेर्छन,
फेर्छन के के ।
सबैले राम्रो हुन्छ भन्छन
तर
मलाई राम्रो नै किन चहियो र अब ?
++
जिबन देखी सके,
पखेटा झरी सके,
अौसिको चकमन्न रातमा,
बैसाखि टेकेर हिंड्न, अब रहर छैन,
सेप्तिसेमिया सन्चो होस् भनी रत्ती लाग्य छैन।
++++

Leave a Reply

Your email address will not be published.
*
*