मन

मन

by Radha Paudel

मलाई फेल गराउछ घरी घरी,
मस्तिस्क जस्तै नाप्न खोज्छु,
शरीरनै चलाऊने तारहरु झै,
चौबिसै घण्टा लरी लागिरहने,
केस्रा केस्राहरु खोजिरहन्छु,
भेट्दिन् कतै,
थाके, वाध्य भएर भन्छु,
मन छ कतै, बिलाएर चिनि जस्तै,
कहिले प्रिथिबी भन्दा ठुलो,
कहिले पुर्णिमा भन्दा चम्किलो,
कहिले आकाश जसतै,
कहिले बादल जसतै ।
माग्दैन खान मस्तिस्क्ले जस्तो,
पम्प चाहिन्छ सधैं सधैं ।
दु:खछ, पोल्छ सब हरम गर्छ,
अचानक हावा फुस्किन्छ, स्खलित हुन्छ।
पासोमा झुन्डाउछ, छिन्मै अस्ताउछ ।
मैले जित्न छोडेको छु मन सित,
किन्भने उमेरो जित सँग इर्स्या गरिरहन्छ।
मन मैले हारेको छु ,
तेसैले सोधिन प्रोफेसर सँग,
खै तिमी कहाँ छौ ?

Leave a Reply

Your email address will not be published.
*
*