UK Trip Experience 2015

UK Trip Experience 2015

by Radha Paudel
जब मैले बेलायत जाने कुरा साथीहरुलाई भने, धेरैको जबाफ आयो , अमेरिका गएको बेक्तिलाई बेलायत के राम्रो लाग्ला ? कता कता जर्मन जस्तो लागे पनि मैले बेलायत सचिक्कै रमाइलो, अमेरिका भन्दा धेरै मनेमा प्रिथक पाए। 
बेक्तिगत आर्थिक सहयोगमा गरिएका बिदेशी भ्रमण् भएकोले मलाई घुम्न किन हो उचित लाग्दैन घुम्दिन पनि। तर लण्डन भ्रमण् त्यस्तो हुन सकेन। टुका छेत्री सन्ड्वेल्ल जसले मलाई लण्डन टेकाएकी थीन उनले कस्तो रमाइलो पनि गर्न नजानेको भनेर केही ठाउँ भ्रमण् तालिकामा रहेछन जसमा पहिलो स्टोन हेनज थियो। ठुलो चौरमा ठुल ठुला झटट हेर्दा पर्खाल झै लाग्ने ढुङ्गा केटाकेटिले खेल्दा घर बनाउदै गरेको जस्तो देखिन्थ्यो। पैसा तिरेर तिनै ढुङ्गा हेर्ने काम भयो। मैले प्राय जाने ठाउको बारेमा केही केही था पाएर जाने बानी थियो तर तेस्दिन तेसो भएन शायद अली फुर्किएछु कि क्य हो टुकाको प्यारले
वास्तवमा यो विश्वा सम्पदामा परेको ठाउँ हो। फर्कदै गर्दा त्यहाँ भएका साना बाटुला घरहरु तिर आँखा गए। ति घर बाहिर बाट हेर्दा नेपालको तराइका बस्तिहरुमा पाइने घर वा भकारी जस्ता लाग्थे। नजिकै गएपछी त्यहाँ ढोका पनि थियो। २०००३००० बि सि को ढुङे युग्बाट किर्सियुग मा रुपान्तरन् हुँदै गर्दाको सामाजिक अवस्था थियो त्यहाँ सबै एतिहस बुझाउनको लागि कर्मचारीहरु पनि थिए उनिहरु मोन्टेसोरी क्लासमा शीछन  गरेझै बताइरहेका थिए। स्कुलमा सामाजिक शिक्षा पद्द मैले तेती पताएको थिएन अहिले भने नपताएर सुखै छैन। बाहिर बाट हेर्दा देखिएको घुमाउरो घर देखेर जती हाँस्दै थिए तेती भित्र पसेपछी दुखी। तराइमा भएका तेस्ता घर गर्मी भएर,सस्कार्गत  बनेका भन्ने लग्थ्यो तर हैन रहेछ हाम्रो सामाजिक रुपन्तरन्को अवस्था नै अझै ढुङे युग्मा रहेछ भन्ने बोध भयो। भित्र राखेका मातो खन्ने, खोर्सने ढुङ्गाका अौजार् आजपनी मैले नेपालका बिशेष गरी पश्चिम पहाडहरु घुम्दा देखेको छु। उनिहरुले प्रयोग गर्ने भाडा बर्तन, लुगा फाटो, आगो बाल्ने, खेती गर्ने सबै बस्तु हेरिरहदा त्यहाँ बसेकी महिलाले फ्यटटै सोधिन कहाबाट आएको ? प्रश्न मलाई सोझिएको थियो। मैले कुरो बुझिसकेको थिए बिस्तारै भएछनेपाल। चिचाइ भनी मैले नेपाल घुम्न जादा देखे अझै यस्तै समानको प्रयोग हुन्छ त्यहाँ मलाई आधुनिक युग्मा बाचेको छु भन्न लाज लाग्यो, अर्काको मानब बिकासको ईतिहास पडेर समय खेर फालेको जस्तो लाग्यो अनी भित्रै भित्र रिस उठयो मेरो देशको शैछिक् प्रणाली अनी समाज बिकासको क्रम।               
घुम्ने क्रममा नै स्कोत्ल्यान्डको सपिङ मलको चर्पी प्रयोग गरेर निस्कदै थिए अचानक मेरा आँखा भितोमा अडिरहेका  चार जोर खुतामा गएर रोकिए। नजिकै गये, फोटो १८४३ अर्थत ठीक १७३ बर्ष पहिलेको रहेछ त्यो शहरले कसरी छलङ मार्यो भनेर टासिएका , पोतिएका फोटो तस्बिर रहेछन ति। मलाई प्रेममा पर्ने एकोजोर खुट्टा झन्डै एक फिट हिउमा नागै थियो तेस्तै १२१४ बर्षको लाग्ने केटो. अर्को चाँही ३५४० को पुरुष हाम्रो हिमालतिर लगाउने धोचा जस्तो लाग्ने बस्तु लगाएको १७३ बर्षमा बेलायत कहाबाट कहाँ पुग्यो हामी जहाको तेही कुनै एक पुस्ताले मरी मेटे देखी नहुने असम्भब भन्ने के नै थियो बेलायतमा हुँदा हामीकहा नहुने किन हुन्थ्यो ? मान्छे हरु भन्न सक्छन बेलायतले ७० वटा देशको स्रोत प्रयोग गरेको तर सहमत् छैन किन्भने कर्णालीमा के स्रोत छैन, के नेपाल जल्स्रोत्मा विश्वामा नै दोस्रो धनी देश हैन  यहाँ संसारमा नै नभएका स्वार्थी, बेक्ती केन्द्रित बेक्तिहरुको घुइचो प्रतिबदता भये नहुने के नै छ र ?
पशु पंक्षिहरुको स्वतन्त्रता 
सफा सफा गोर्कर्णको गोल्फ खेल्ने चौर जस्ता हरिया चौर, ति चौरमा सेता सेता, अनी सफा चम्किला भेडाहरु चरेको देखेर चराहरु किरा फटयङ्रा खोजिरहेको जस्तो लाग्ने मैले बिशेषगरी गौरिगन्ज बरुवा (चितवन) कर्णालीमा देखेका भेडाहरुको याद भयो पिसाब गोबर्ले मैले धैला अनी कुपोसित भएका भेडाहरु अनी खुर्पाले रेटेर रौ काट्दै गरेको द्रिस्य दिमागभरी घुम्यो बास्को ठेगान, पेट्भरि खान पाउनु मनिषारु जस्ताइ दुखी पीडित लागे नेपालका भेडा। लण्डनमा भेडा हेर्ने नेपालको जस्तो गोथल छन, कुकुर छन, दिन्दिनै थत्थलो फेर्ने झर्को छ। ठुल चौरमा स्वतन्त्र भएर चरेका छन, निस्चित जग्ग कारीब १० बिगा लाग्ने जगामा जता गएनी हुने, ठाउँ ठाउमा पानी खाने बेबस्था ,चर्न मन नलग्नेहरूका लागि घास्को रोलिङ ठाउँ ठाउमा छ। चराहरु पनि मनिष संगै फुर फुर गर्दै हिद्छन,कसैले हा हा भन्छ समातेर लाग्छन। कुकुर बिरलाहरु मानिसका केटाकेटी भन्दा ठुलो पहिचान् अधिकार उपभोग गरेक हुन्छन। उनिहरुको छुटै कोठा, बाथरुम हुन्छन। घरमा मानिस् नभएका बेला घर भीत्र जन आउन भर्र्याङ् प्वाल्को बेबस्था भएको हुन्छ मैले बस, कार, रेल, जे चडे पनि आँखाभरी तिनै कुरामा केन्द्रित भये भने मन्भरी नेपालैइ नेपाल भयो।आखिर मानिस्ले चायो भने नहुने के ? जङ बहादुरको पालादेखी नेपालीहरु लण्डन आउने थाले, पैसा कमये, पडे तर सामाजिक रुपान्तरन्को अर्जुन दृष्टि कसैले पनि कहिले पनि रखेनन तर भनिरहे नेपाल खतम , नेता खतम छन      
सार्वजनिक बस
नेपालमा ९९ प्रतिशत नै सार्वजनिक यातायात प्रयोग गर्छु,मैले जती सास्ती भोग्ने देख्ने महिला साहेद् कमै होलान। मैले सकेसम्मा बिदेश्मा सार्वजनिक बसको अनुभुब लिन्छु ताकि नेपालको प्रनाली सँग तुलना गर्न सकियोस। मैले जे लण्डन देखे त्यो चाँही बडी बेबस्थित लाग्यो। केटाकेटी बेलादेखी नै सुनेको थिए जहाज रेलले १मिनट पनि कुर्दैनन जुन मैले देखे पनि तर लण्डनमा सर्बजनी बस पनि कुर्दैनन। लामो छोटो सबै खाले बसको जानकारी रेलको जस्तै सम्प्रेशन् गरेको हुन्छ। केटाकेटी, बुदबुदी, अपाङ्ग जो भएपनी समय सिमभित्र ढोकाभित्र छिरेको छैन भने ढोका आँफै बन्द हुन्छ, खलासी वा सहयोगी कोही हुन्नन ड्राइभर पनि बोल्दाइ बोल्दाइनन अर्थात् बोल्नै पर्दैन। जसता नौला यात्रीलाई सिकाउन बाहेक उनिहरु बोल्दैनन् यात्रीहरु सबै मिलेर बस्छन कोही केही बोल्दैनन्, फोनमा सकेसम्मा सानो स्वर गरेर बोलेको बाहेक केही सुनिनँ बसमा सि सि ति भि क्यामेरा जोडेको हुन्छ तेही बाट सबै अनुगमन हुन्छ अपाङ्ग, गर्भबति, ब्रिदको लागि चित्र सहित् सिट छुटाइएको हुन्छ, त्यस्तो यात्री देखिनसाथ बसेको रहेछन भने तुरुन्तै छोड्छन माफ माग्छन् मैले आगनको छेउमा भाडा माझ्दै गरेकी महिलालाई कुरी कुरी लगेको, बस दोहोरो तेहोरो घुमाइ घुमाइ तीन घण्टा कुरेर, सकी नसकी, गुन्द्रुक खादे झै कोचेर लगेको, ड्राइभर, सहयोगी यात्री सबैले हेपेको दुर्बेबहर गरेको, अनी खलासिको पिटाइ खाएको आदी सबै खाले सिन्हरु फन् फ्यानएे घुमेर रिङटा छुट्यो ।मेरो देश्ले के गर्न सक्छ होला भनेर सोची रहे    
चर्पिले पनि मन छोयो
नेपालमा गाउ घरतिर हिडदा एस्तो देख्न पाईन्छयहाँलाई खुल्ला दिश मुक्त छेत्रमा स्वागत यही संगै मिलाएर उखान, सायेरि, गीत पनि लेखेका हुन्छन तर चर्पी प्रयोग हुन्छ, ढोका हुन्छ, छनो हुन्छ, छिर्न पनि मुस्किल, अट्न पनि मुस्किल अनी साबुन् पानीको को कुरै गर्न परेन। उतिका नाममा जुन कार्यक्रममा एस्को भाषान भुसन भाईरहेको हुन्छ तेही पनि खज खाने बेलामा पनि हुन्छ साबन। सि.डि देखी डाक्टरसम्म सबैलाई चलेकै हुन्छ, पचेकै हुन्छ तेसैले आजका दिन्मा पनि नेपालमा मिर्त्यू हुने ठुलो रोग झाडा पखला हो मलाई चर्पिको राम्रो बेबस्था लाग्यो जहाँ गये पनि, साबुन् पानी, हात सुख्ख पर्ने मशिन, कगत, सनिटिजेर् सबैको बेबस्था। ठुला फरकिला अनी अपाङ्ग मैत्री पनि चर्पिमा बसेर खान पनि सकिने   चर्पिको प्रकिर्तिले मात्र चर्पी भन्ने लाग्छ नत्र कुनै आभास् नै हुँदैन। कतै कतै पैसा तिर्नु पर्छ बिशेषत रेल स्टेसन्मा  
सबैको स्वाभिमान उस्तै
मेरो कारीब तीन हप्ताको बसाइमा कसैले कतै कुन देश्बाट आएको, के काम गर्छौ केही सोधेनन नेपालमा भएको भये कती उत्तर दिदै हिंड्नु पर्थ्यो बाटोभरी सुरु हुन्थ्यो कुन थरी हौ, पोइली थए कि के ? अनुशासन भएको देश चर्च, विश्वाबिधलय घुम्न जादा होस् वा क्यासल् वा गडि घुम्न जादा होस् ३०० बर्ष अघी अपराध गर्नेलाई टाउको गिडेर् सजाय दिने ठाउँ पनि देखियो लाग्यो जब सम्म शिक्षाले सबै चेतना खुल्दैन तेतीबेलासम्म लौरो लगाएर भये पनि अनुशासन कायम् राख्नै पर्छ एस्को मत्लब बिभेद हुँदै हुन्न चाँही हैन , लागेन प्राय नेपालमा सानो भनिने, लाज मानिने काम हेर्दा एसियान अफ्रिकन जस्ता लाग्ने मान्छेले गरेको देखे फेरी ठुलो स्वर्ले बोल्यो, वा सरी सरी भनेर दोहोरएर सोध्यो वा केही चोरी वा अपराधको कुरो भयो भने पुर्बिय एुरोपिअन लाई दोश लगाउने रहेछन  
  
आफ्नै ईतिहास प्रती अबिश्वास

खुब भाका मिलाएर गाइेयो अहिले पनि कन्ठ , गौरब पनि लाग्थ्यो कि  महिला केटाकेटी बुडाबुडी सबै पानी पनि नखाएर लडे अङ्रेज्लाई हराए  रे नालापानी किल्लामा । लण्डन को यात्रा पछी सरासर झुट लाग्यो अङ्रेज्ले संसार अर्थात् ७० देश खाएर सेश भाको उस्को जमिन वा तापु एस्तो कि सुनामी जान्छ , पहिरो जान्छ अरु नै। भु राजनीतिको दृष्टिकोन्ले अती नै सुरछित बेलायत। नेपालका अग्ला नाग्गा टाकुरा उस्को प्राथमिकता मा परेन। उस्ले चहेको भये नस्क्ने वा हर्नु पर्ने वा सम्झौता गर्नु पर्ने केही थिएन। नदुखेको टाउको दाम्लो लगाइ लगाइ दु:खये जस्तो . उस्ले कारीब ३०० बर्ष अगाडि नै प्रबिधिमा फड्को मरिसकेको थियो। उस्लाई चाहिएको एकोहोरे नेपाली हिजो पनि लाग्यो आज पनि बिभिन्न बहनामा लगेकै छ। मलाई यहाँ नेर नेपाली इमान्दर भन्न चाँही मन लागेन किन्भने नेपाली इमन्दरी मात्र भैदियेको भये एसरी संसारबाट हेपिएर गरीब गरीबिको देश भएर बस्नु पर्ने थिएन।. z’?b]vL cfh;Dd hf] hf] k9]sf yLP hf] of] zQmLdf yLP . hf] h;n] zf;g rnfPsf yLP . tLgLx?df O{dfGbf/Ltf yLPg . ;j}nfO{ eGg cfpF5 ufnL ug{ cfpF5, k|ltj4tfdf x:tfIf/ ug{ cfpF5 dfq .
Previous Article

Leave a Reply

Your email address will not be published.
*
*