आकाश उदार छ, उदार छैन त, राज्य,

आकाश उदार छ, उदार छैन त, राज्य,

by Radha Paudel

आकाश उदार छ,
उदार छैन त, राज्य,
बेलुन झै फुक्छ,
फुटाउछ घरी घरी आकाशमा,
मानौ उस्लाई बहार छ ।
++++++
आकाश सफा  छ,
सफा छैन त, राज्य,
मैला चस्माको आखिझ्यालबाट,
करणग्कुरुङ बारखरी,
टल्किएका हातिको सुड्बाट,
सबै सस्तो, भर्पर्दो   र बलियो देख्छ ।
++++
आकाश स्वतन्त्र छ,
स्वतन्त्र छैन त, जनता,
पैसा छैन, उपाय खै भन्न हुन्न,
पैसा छ, टिकेट छैन, कसरी भन्नै हुन्न,
टिकेट छ, महँगो छ, जब्बर्जस्ती मुस्कुरौनु पर्छ ।
दुर्घटना हुन्छ, ब्रेकिङ न्युज बन्छ, उद्दार ?? .
पिरल्को भाउमा जिबन पोको पारेर दिन्छ,
++++
आकाश न्याय दिन्छ,
न्याय  दिन्न त, राज्य,
छानबिन समिती बन्छ, के भन्छ तेही दैब मात्र बुज्छ।
दुइदिन गोहिका आशु बगाउछ,
फेरी कुकुर्को पूचछर बन्छ ।
++++
आकाश मायालु छ,
मायालु छैन त राज्य,
प्रेस बिग्यप्ती नै काफी छ,
सुध्रन रत्ती, बली दीरहन्छ,
निमुखा, नीस्कपत् सन्तानहरुलाई ।

Heartfel condolence to pilots who lost during #Kasthamandam Air at #Kaliko after two days of #taraair crash in #Myagdi

Leave a Reply

Your email address will not be published.
*
*