ग्रामीण महिला र रुपान्तरन

ग्रामीण महिला र रुपान्तरन

by Radha Paudel
नेपालमा शान्ती र महिलाको अवस्थालाई बिस्लेशन गर्दा एसको धरातल बिर्सनु  हुँदैन। अहिले बिशेषगरी मुलुक शान्ती प्रकियामा आएपछी गारिबी, समाबेशि हरेक राजनीतिक र बिकासे नेताका दस्ताबेज र भाषानका अनिबार्य तत्व हुन। जुन आँफैमा राम्रो कुरा पनि हो तर बर्ग, लिङ, जात, द्वन्द आदिका आधारमा सबैतिरबाट पिसिएको, पिल्सिएको महिलाका सबाल के भयो, कस्तो रह्यो र के हुनेछ भन्ने आजको येछ प्रश्न हो । आज पनि ८० % प्रतिशत जनता ग्रामीण छेत्रमा बसोबास गर्छन् जहाको अर्थतन्त्र महिलाहरुले धानेका छन।

चाहे ति महिला हुम्ला वा दार्चुला, सिराहा वा झापा, सोलु वा रसुवा जहाँ नै बसेकी हुन। महिला मIनब अधिकारको मुख्य दस्ताबेज सिडा महसन्धिko धारा १४ मा  ग्रामीण छेत्रमा बस्ने महिलाहरुको भुमिका र महत्वलाई कदर गर्दै भनिएको छ कि ग्रामीण महिलाहरु घर, परिवार, समाजमा सुरछित हुन पाउने, स्थानिय, रास्टिय र अन्त रास्तिय सभा समारोहमा भाग लिन पाउने, किर्शी र पशु पालनका लागि प्राबिधिको प्रयोग, स्रोत साधनामा पहुच र निएन्त्रण, शिक्छा, स्वास्थ जस्ता आधारभुत अधिकारको प्रत्यभुती, जल्बायु परिवर्तनसँग समयओजन गर्न सक्ने छेमता, भोक्मरी मुक्त अवस्था पर्दछन। दिगो बिकासको लछ्य २०१३ ले पनि पुन यिनै छेत्रलाई शशक्त रुपमा लैजाने प्रतिबद्दता गरेको छ। jun nepal pachha rastya bhayer hastachhar garisakeko chha.
तर दुर्भाग्य नै भन्नु पर्दछ ग्रामीण छेत्रमा बसोबास गर्ने महिलाहरु १८-२० घण्टा काम गर्छन्, न खान पाउछन न छोरा छोरीलाई खुवाउन पाउछन, न हिउ र शितलहर सित लुक्न सक्छन, न आफु सुत्केरी हुँदा तालिम प्राप्त स्वास्थ्य कर्मी पाउछन् न पखलाको औषधी नै समयमा लिन सक्छन, न बच्चा स्कुल जIन पाउछन्, न गएकाले अक्षर फोर्न सक्छन, जिबिका गर्न सक्छन/पाउछन,न गाडी चडेका छन न देखछन सपना कम्प्युटर र स्मार्ट फोनको, न सुरछित छन घरमा न टोल्छिमेक्मा नै। नबोल्ने एउटा भगवान छ साहारा, कि पूर्व जन्मको खेल वा भाग्य, अनी नसकिने, केही सदुपयोग गर्न नमिल्ने नुनिला आशु। जन्मन्छन सन्जोगले, हूर्कन्छन् घरी वल्लो घरी पल्लो छेउ ठोकिएर, लहै लहैमा बिहे हुन्छ, केटाकेटिमै केटाकेटी समाल्छन अनी हरौछन बिना कुनै अस्तित्व लाग्दै नलागी लालाि अनी चडदै नचदी खास् जवानी।   
 
दश बर्से द्वन्दमा दोहोरो धम्की खपेर सुकेका मनहरु, शान्ती सम्झौता भएपछिको अर्को दस बर्षले फुकाउन सकेन। फुकायो त केबल मन्त्रालय, वर पर आसे पासे, काठमाडौंका बाटो, गगन्चुम्बी घरहरु, भ्रस्टचारका पत्रहरु, दन्डहिनताका परकस्टाहरु, मौन बस्ने पदतिहरु। यो परीबेश्मा नपडेकी, गरीब, दलित, अपाङ्ग, तेसरो लिङी, हिसामा परेकी, द्वन्दमा परेकी, एकल महिला कसरी शान्तिले सास फेर्छिन, के सपनाले बाच्लिन् जो कोहिले महसुस गर्न सक्छिन। एही थिल्थिलो घाउमा ७.९ रेक्टर्को भुकम्पको निर्दही पन अनी छ महिना लामो हड्ताल् गरिरहने गैर जबाफ्देहि सरकार र आन्दोलनकारीको लाचरीपन्ले समस्त ग्रामीण छेत्रमा बस्ने महिलाहरुको अवस्था कस्तो रह्यो यहाँ भनिरहनु पर्दैन।

 मोबाइल्मा बिहान्को ४.३० बजे आलर्म लागएर उडनु,दाउरामा खाना तयार गर्नु सिराहाकी महिलाको पिडा जती दुख्द थियो तेती नै थियो ७००० रुपैयाँ तिरेर ग्यास ल्याएर गुजरा गर्न वाध्य महिला birgunjko। काठमाडौंमा बस रोक्ने ईशारा दिदा ड्राइभरले चोर् अौलाले छत् देखौने, दुधे बालक् च्यापेर, धोती सिहार्दै बस्को यात्रा गरेर मात्र सुख पाएनन काठमाडौंका गरीब महिलाहरुले बाटोको पेटिमा भात् भन्सा सारे, वाध्य भये दसैं तिहार छड्, क्रिमस, लोसर सबै पिरो धुवा र् सुइक सुइक सिगान तान्नेरै मनाए। भुकम्प पीडित महिलहहरु टिन्को कटेरो मुनी कठाङ्रिये, कतिले चिचिराहरुको सतिगती गर्न वाध्य भये त कती आँफै ओछन परे। कर्णाली तिर गरीबी पेवा नै थियो, भोक्मरी पहिचान नै थियो, भुकम्प र तराइ बन्दले पुरायो उतै ३००० बिसी तिर, ३०० बर्ष नसुनिएको कथा घरी घरी अाइरहने परकम्प्नले झन कसरी सुनियोस, कल्ले सुनिदेयोस kathaibari।    
हो यहाँ २० बर्ष पहिले जस्तो बिबिद्करी कानुन छैनन, बम पड्किनन, कर्फ्यु लाग्दैनन, अपहरन र हत्याका समाचार सुनिदैनन तर शान्ती छैन। शान्ती त एउटा अनुभुती गर्ने प्रकिर्या हो जो न्याय, मानब अधिकार, सँग सँगइ बगिरहेको हुन्छ कहिले बगाउछ कहिले आँफै बग्छ। शान्ती जनकपुरको छोरीले भने झै  हिन्साबाट मुक्त हुनु पर्छ, जुम्लाका छोराछोरी स्कुल बाट घर फर्कदा छाप्रिभरी रोटी देख्न पाउनुपर्छ, समयएमा औषधीमुलो पाउनुपर्छ। छोराछोरी,महिला पुरुष ट्स्रो लिँगी सबै आफ्नो बिशेष अबस्येक्ता र अधिकारको प्रताभुति सँगै बाँच्न पाउनु र सक्नु पर्छ ।    
तरभन्नैपर्छ यहाँ महिलाहरुको, बहिस्करन्मा परेकाहरुको कुरा फेरी हुन छोडेको छ। परम्परगत रुपमा भोगेको/ देखेको गरीबी, बहिस्करन्को कुरा गर्न नै गाह्रो छ। स्विकर गरे पनि नगरे पनि नतिजाले समाज नयाँ वा आधुनिक गरीबी बहिस्करन्को कुरामा हराउन रमाउन थालेको छ। गरिबिको नाउमा पारीयोजन आउनु कुनै नौलो थिएन अब द्वन्दको नाउमा पनि dherai  आए तरसाचिकैपीडितहरुपीडितकोहैसियतmaपनि स्थान पाएनन अरु के कुरा। जागिर खानेह्रुको हैसियता सुध्रनु कदपी लछित बर्गको हैसियत सुध्रेको हुने छैन।   
सशस्त्रयूद थाल्नु अगी माओवादीको 40 बूदे माग्मा छोरीलाई सम्पत्तिमा अधिकार बाहेक महिलाको अधिकार स्पस्ट भनिएको  छैनतर ग्रामीण   महिलाहरु दुबैतर्फकाबलत्कारra anya हिन्साबाटपिडित्मात्रहैन हतियार उठाए, मारे, मरे, मधेश आन्दोलन् पहिलो दोस्रो, तेस्रोma ग्रामीण  महिलाहरु घरघरबाटसडक्मानिस्के, कर्णालीकोआन्दोलन्होस् वा टनक्पुर् वा सूर्केत  सबै ठाउमामहिलाहरुप्रयोग दुरुपायोग भये जो पाटिका कार्यकर्ता थिए आङ्रेजी बोल्न जान्थे, जान्थे केबल समाज रुपान्तरन बिना शर्तको, बिना स्वार्थको  
श्रमिक, ग्रामीणमहिलाहरुकोकथाहरु  काठमाडौंको तारेहोटेलदेखीन्यू योर्क सम्म पुगेको तर बनाबटी रुपमा। अधिकाम्स महिला नेताहरुले महिलहरुकै प्रतिनिधित्व गर्दैनन, कुनै पाटी, परिवार वा पावरका करणले पद प्रतिस्टामा पुगेकाहरुले ग्रामीण महिलाहरुको अधिकारको कबच हुने कुरै रहेन।
बास्तवमाग्रामीणमहिलाहरुबिच स्रोत पुगेकाइ छैन, कनिका छरेको पनि हुन्नन, कनिका छरेका ठाउमा पनि उनिहरुको आबस्एक्ता प्राथमिकताका कुरा पर्दैनन जबार्जस्त बिकाशे भाषा थोपरिन्छ खहरे बऊलाये झै। बज्छ बसुरी रहन्छ बास। बिकास हुन्छ जागिरेको, बिनाश हुन्छ परम्परगत सिप ज्ञानको
नेपालकोराजनैतीकबिकासक्रमलाईसस्थगतगर्न आर्थिक् बिकास अनिबार्य बनेको कुरा सर्बबिदितै तर ग्रामीण महिलाहरुलाई एउटै बाकश्मा राखेर  एकैखाले कार्यक्रम्ले सम्भब कदपी छैन द्रुत प्रणाली, फरक फरक आबस्एकत सम्बोधन गर्ने, दिर्गकलिन राजनैतिक्, आर्थिक, सामाजिक रुपान्तरन गर्ने, ग्रामीण महिल्हरुकै नेत्रित्व भएमा केही आशा गर्न सकिन्छ, अझै समाल्न सकिन्छ तर पारीयोजन भन्दा बाहिर् गएर, निती निएम्लाई अग्रगामि द्रिस्तिकोन्ले व्याख्या गर्ने सक्ने निस्थवान प्रतिब्बद नेत्रित्व चाहिन्छ
भिबिन्नआन्दोलनहरुलेग्रामीणमहिलाहरुमाकेही भएनी आकान्छा बडेको , सुसुचित भएका छन, एदी उनिहरुको माग सम्बोधन भएन भने अर्कै बहनामा देशमा अर्को बिद्रोह हुन्छ किन कि अनोदलन नगरि, मान्छे नमरी  कसैलेसुन्दैन, केही पाउदैन भन्ने सस्किर्तिको बिकास भएको नेपालमा महिला अधिकारको नाममा साचिकै आन्दोलन नै भएको छैन, प्रोजेक्ट पाटिबेस आन्दोलनले दिर्गकलिन परिवर्तन सम्भब छैन पनि किन्भने बन्दुक नपडकैदैमा शान्ती भन्न् मिल्दैन, महिला चुप लाग्नु अधिकार पाएर पनि हैन । ग्रामीण महिलाहरुले भोगिरहेको नदेखिने द्वन्द सम्बोधन आजै बाट सबैको प्राथमिकतमा पIर्नु आजको एजेन्डा हो श्रमिक महिला दिबस् मनाएर मात्रै हैन नतिजामुखी कर्म गरौ, हरेक बेत्क्तिको बिचार, बेबहार र प्रबिर्तिले द्वन्द वा शान्ती  निमताउन भूमिका खेलेको हुन्छ, कोही उम्किन पाइने छैन । सबैले म् म गरु. सबैलाई शुभकामना .

PS: Forward to Annapurna Post for March 8 2016. Indeed, they ask for.

Leave a Reply

Your email address will not be published.
*
*