कान्छी दिदी आमा किन रुनु भएको ?

कान्छी दिदी आमा किन रुनु भएको ?

by Radha Paudel
कान्छीदिदी, कान्छी दिदी आमा किनरुनु भाको ?
भर्खरआठ बर्ष लाग्दै गरेकोलक्स्मिकान्त मलिनो अनुहार लगाउदै, आमा संगै टासिएरबसेकी दिदिको दुई खुट्टा छुटाएर, काखैमा लेसिएर बस्छ एकैछिन्मा हातिले निधार कनाये झै टाउको उठाएरफेरी सोध्छकान्छी दिदी भन्नुन आमाकिन रोको ?
आमामर्नुहुन्छ हो ?
हो आमा मर्नुहुन्छ तरअहिले होइन

कहिले ?
आमामात्रै होएन सबै मान्छेकेही थाहा नपाईकन वाबिरामी नपरिकनै पनि जतिखेर निमर्न सक्छन फेरी मान्छेको आयु१०० बर्ष भन्दा धेरैबाँच्न पनि सक्छन
कस्तोअच्चम्मा हगी दिदी?
पनि मर्छू ?
हो भन्न सकिन्न कोकती खेर मर्छ तरअशल् , अशल् खानेकुराखान्छ, कसरत गर्छ भनेधेरै बाच्छ।
++++
तिम्रोरफ पेपर पेन्सिललिएर आउत.
दिदीसोधै जान्छे अनी भाई जबाप्दिदै।
तिम्रोकाठमाडौंको बहिनी कत्री ? सानी धेरै सानी। दुई हत मिलाएरदेखाउछ लाग्छ मुस जत्रै
अनीतिर्मो मामाघर्को बहिनी नि ? त्यो अलिक ठुलो नि
तिमी चाँही कत्रोछौ नि ? , बुवाले मेरो कान्छी छोरी, पुन्तुरी भन्नु हुन्छ तेसैले सानो नै छुहोला तर ठुलो भये जस्तो लाग्छ, गुण्डा हरु जस्तो .
किननि ?
देख्नुहुन्न, हातछोडेर खुट्टा डन्डिमा राखेर साइकल घुमाइ घुघुमाइमै चलाऊछु।
हेरतयो चित्र तिमी भोलीपर्सी ठुलो हुन्छउ अनीसन्जीब दाई जत्रै हुन्छउ.
अनीयो चित्रमा देखेउ, फेरी तिमी ठुलोहुँदै हुँदै गएर अनिल दाईजत्रै हुन्छउ .
यि हेर हेर, अबतिमी बिहे गर्ने बेलाहुन्न्छ,
थाहा तिमी बा बन्छौ .
अनीतिमीलाई पनि तिम्रो छोराछोरिलेके के भन्छन ?
के के माग्छन्,बर्थडे मनाउने, के के किनिदेउभन्छन।
   (लक्स्मी कान्त लाज्ले भुतुक्कै हुन्छ ।)
अनी तिमीलाई अस्तिनै अस्पातल जादा को को भेटेका थियौ नि तेस्ताइ हुन सक्छ । अर्थात तिमी पनि बेस्सस्री बिरामी पर्न सक्छौ, बा जसतै  आइ सि यु पनि बस्नु पर्ने हुन्छ, सन्जिता दिदी जस्तै एक्सिडेन्ट हुन सक्छ, कहिले के हुन सक्छ, कहिले के हुन सक्छ, कहिले औषधी गर्ने भ्याइन्छ,कहिले पाइदैन, कहिले पैसा हुन्छ कहिले हुँदैन,कहिले सहयोग गर्ने मान्छे हुन्छन कहिले हुँदैनन।
अनी के गर्ने त कोही पनि भएन भने, पैसा पनि भएन भने ।
बिरामी परेको बेला त के गर्न सकिन्छ र ?
तेसैले अहिले बाट नै ज्ञानी हुने, सफा रहने, सकेसम्मा बिरामी पर्न बाट जोगिने, पैसा जोगाएर औषधी गर्न राख्ने, घरको सबै सदस्य सँग मिलेर बस्ने, सबैले सबैलाई बिरामी परेको बेला, नसकेको बेला सहयोग गर्ने।  
   यि हेरे त यो चित्र अब मान्छे बुदो हुन्छ अनी एक्दिन मर्छ।
जसरी आमा मर्नु भयो।
रोग लागेन, एक्सिडेन्ट भएन भने बिस्तारै बुडो बुडो मान्छे मर्दै जान्छ।
एक्दिन म पनि मर्छू।
भोली पर्सी त हामी सबै मर्छउ अनी तिमी पो यो घरको सबै भन्दा ठुलो मान्छे, बुडो मान्छे हुन्छउ।
भुजेऊ ?
अहिले तिमी संगै भएका माया गर्ने कोही पनि हुँदैनन। एसरी मान्छे जन्मिन्छ, हुर्कदै हुर्कदै जान्छ, ठुलो ठुलो , बुडो बुडो हुन्छ अनी एक्दिन मर्छ।
हामी सबै एक्दिन मर्नलाई हो जन्मेको ।
लक्स्मिकान्त गम्भिर हुन्छ ।
कान्छी दिदी अनी तेसो भये आमा किन रुनु भाको त ?
दिदी एक्छिन बोल्दिनन अनी फेरी बोल्छन भाई।
आमा बलाई सम्झेर रोको हो ?
तिमी आमा सम्झेर रोको छौ ?
तिम्रो आम्मा को याद आउछ ?
किन आउछ याद?
नाइ म आमा सम्झेर रोको छैन, तर फोटो देखे पछी सम्झिन्छु ।
म बाबा जस्तै छु रे, अनी बाबा आमा जसतै हुनुहुन्छ रे, हो ।
अली अली हो। 
सबैले तेस्तै भन्छन मलाई देखे पछी अनी सम्झन्छु, र भन्छु मैले किन आमालाई भेट्न नपको होला ।
हैन हैन तिमीले आमालाई भेटेउ तर तिमी सानो थियौ तेसैले सम्झिएनौ , म तिमीलाई आमा सँगको फोटो हरु देखाउछु,मेरो कम्प्युटरमा छ .
++++
यि हेरत यो फोटो ?
लक्छिमी कान्त मरी मरी हास्न थाल्छ।
उस्को नागो अनी सु सु गरिरहेको भिडियो, आमाले सफा गरेको, आदी आदी ।
जब आमाले खाना खुवाएओ देख्छ अनी सोध्छ
दिदी यो त फोटो त ठ्याक्कै तेही चरा जस्तै ।
हो धेरै कुराहरु त्यो चराको र हाम्रो मिल्छ ।
भनत ती त्यो चराले के के गर्छ ?
ओहो यि चरा त के के गर्छन् भनी साध्य छैन। बिहान् म भन्दा पहिले उड्छन् अनी दिनभरी काम गरेको गरेयै ।
म त तेती घर बस्दिन, हामी केटाकेती हुँदा एस्ता चरा देखेका पनि थिएनौ किताब बाहेक अनी हाम्रो घरमा एस्ता ठुला ठुला एती धेरै सुपारिको बोत पनि थिएनन तेसैले तिमी भनन के के गर्छन् यिनिहरु दिनभरी।
मलाई सबै भन्न् त आउँदैन, फेरी मैले पनि तेती ध्यान दिएर हेरेको पनि छैन, फेरी स्कुल पनि जानु पर्छ ।
हुन्छ जे जे आउछ तेही भनन त ।
म बिहान् उड्दा उनिहरु उठि सक्छन, बिहानै सबै चिर चिर गर्छन् कराउछन्। आमा बा होलान चुचोमा खाने कुरा बोकेर लेउछन अनी बचेँरलाई खुवाउछन्, दिउसो घाम भएको बेला चुचोमा लामो लामो पात भएको बिरुवा बाट पात च्यातेर लेउछन अनी उनिहरुको घर वा गूड् बनाउछन। कहिले मकैको पात लेउछन, कहिले सुपारिको,कहिले नेपिएर घास्को । यिनिहरुको घर एती राम्रो हुन्छ। एती सानो चराले एती ठुलो, बलियो राम्रो बनाउछन तर झुन्डाउने बेला भने मसिनो दोरी जस्तोले झुन्डौने अनी सानो सानो हुरिले पनि चुडिने।यिनिहरुको घर एती धेरै पटक चुदिन्छ, फेरी दुई दिन्मै नयाँ घर बनाउछन, साह्रै मेहेनती छन .
साच्चै दिदी यो पहिले थिएन ।
मलाई यो चरा मन पर्न थालेको छ, बा भने कहिले कही रिसौनु हुन्छ सबै सुपरिको पात चुडेर नागै बनयो भनेर तर मलाई कस्तो माया लाग्छ, बाले गाली नगरे पनि हुने जस्तो लाग्छ। कहिले कही फुल नै खसेर फुत्छ, कहिले रौ पनि नौम्रेको बच्चा खस्छ। त्यस्तो बेला सबै चराहरु मिलेर च्यौ च्यौ करौछन, कस्तो माया लाग्छ अब कलाई बाबु, नानी भन्छन होला भनेर।
हो एही चराले जस्तै, सबैको बा आमाले जस्तै आफ्नो छोरा छोरीको लागि धेरै मेहेनत गरेका हुन्छन, दु:ख हुन्छ बच्चा हुर्कौन, सानो हुँदा खुवाउन, दिशा पिशाब सफ गर्न, बिरामी भयो भने औषधी गर्न सजिलो कहाँ हुन्छ र । घर बनाउने, पदाउने गर्न पैसा चाहिन्छ जस्को लागि काम गर्नु पर्छ। हाम्रो बा आमाले, पल्लो घरको बा आमाले झन धेरै काम र दु:ख गरेका छन आफ्नो छोरा छोरीको लागि।
नपदेको, आजभोलिको जस्तो बेपार नभएकोले मेहेनत्को काम झन धेरै गर्ने, अर्कोकोमा काम गरेर,धान मकै बेचेर पैसा कमौने अनी घर बनाउने, पदाउने, बिरामी भये अस्पातल लाने हो । भोली पर्सी तिमी पनि तेस्तै गर्नु पर्छ।
ओहो यो चराको र हाम्रो काम उस्तै उस्तै पो रहेछ, गाह्रो पनि रहेछ हगी दिदी।
अघी आमाले पनि पहिले पहिले का सबै यस्तै कुरा गर्दै हुनुहुन्थ्यो,कसरी उहाहरुले खेत किन्नु भयो, घर कसरी बनाउनु भयो,छोरा छोरीलाई कसरी पदौनु भयो यस्तै यस्तै। आजभोलि भन्दा पहिले पहिले ५० बर्ष पहिले जिबन एकदम दु:ख थियो किन भने बाटो, बिजुली, टेलिफोन, स्कुल आदी केही पनि थिएन । घर पनि साह्रै सानो छाप्रो थियो। कती धेरै बच्चा सानो म नै मर्थे, अस्प्तल थिएनन । 
तेसैले हामीले आफ्नो बा आमालाई सधैं माया गर्नु पर्छ, स्य्हार गर्नु पर्छ, मिठो मिठो खान दिनु पर्छ। हामी अहिले सम्म एसरी बचेँको, हाम्रो घर जग्गा, सबै सबै बा आमाले गर्दा हो ।नत्र हामी तेही चराको फुल फुटे झै,बच्चा खसेर मरे झै मर्थेउ । बा आमा त भगवान हुन, उनिहरु हामीलाई बनाउछन ।
 माया त गर्ने नि तर कसरी ? पल्लो घरको आमाको पिशाबको पाइप छ, थैली छ, मुख बाट थुक खसी रहन्छ, हिंड्न सक्नु हुन्न, आँफै खान सक्नु हुन्न, दिशा पिशाब गर्न सक्नु हुन्न । हाम्रो बा पनि खोकी रहनु हुन्छ, बिरामी पारी रहनु हुन्छ, खाना पनि खानु हुन्न, कहिले काही कस्तो बान्ता गरिदिनु हुन्छ। अनी घिन लाग्दैन त, कुरा नभुजेको देखेर मलाई नि कस्तो रिस उठ्छ, दिक्क लाग्छ झन बाले ममी बबलाई गाली गर्नु भो भने त झन रिश उद्ठ्छ,मलाई त बोल्नै मन लाग्दैन ।
बा आमाले त गाली गर्दा नि माया हुन्छ ।
कसरी ? जे पायो तेही ।
सुनन तिमीलाई बाले पड, धेरै घाममा साइकल नचलाऊ, दुध खाउ, भनेको गाली त हो तर तिमीलाई बलियो बनाउन लाई हैन र ?
लक्स्छी कान्त मुन्टो हल्लाएर सहमति जनाउछ अनी कान्छी दिदी भन्दै जान्छिन .
ठुलो स्वर गर्ने, रिसाए जस्तो गरेर भन्ने त बानी हो नि। फेरी उहाहरुलाई धेरै नयाँ कुरा थाहा पनि छैन, हामीले सिकएको पनि छैन। सबै कुरा नसिकैकनाइ पनि जानिदैन नि।
ममी बाबालाई गाली गरेको पनि बिग्रोस भनेर कहाँ हो र। बा आमा त ममी बाबा भन्दा पहिले मर्नु हुन्छ तर धेरै खर्च नगर भनेको, खेती पाती गर भनेको त आफ्नो छोराछोरी , नाती नातिनाले दु:ख पौलान, भनेर माया नै गरेर भनेको हो । धेरै कुरा त तिमी जती ठुलो हुँदै र बुडो हुँदै जान्छौ नि तेती नै जान्दै जान्छौ ।
तिमीलाई स्कुल को सर माडम सँग रिस उद्थ्दैन । उहाहरुले गाली गर्ने, सफा होउ भन्ने त तिम्रो लागि हो नि । फेल हुने पनि तिमी हो, रोगी हुने पनि तिमी हो नि हैन ?
बाबु, तिमी अस्तिनै जरो आएर बेससरी बिरामी परेउ, कान्ती अस्पातल नै गएर दश दिन बसेउ। के तेतिखेर तिमी बिरामी पर्न मन लगेर भएको हो ? तिमी कसरी रुन्थेउ, तिमीलाई बोकेर मैले कहिले कता कहिले कता लगेको होएन, तिम्रो दिशा धोइ दिएको हैन, तिम्रो बान्ता सोरेको हैन। तिमी सानो हुँदा आमाले गरेको अघी भिडियो हेरेको हैन । कसैलाई पनि बिरामी पर्न, अरुलाई दु:ख दिन मन हुँदैन तर बिरामी परे पछी, बुडो भये पछी, सानो हुँदा अरुको सहयोग लिनु पर्छ, तेसैले त घर हो, परिवार हो। त्यो चरा हामी जस्तो टि.भी पनि हेर्द्दैन, स्कुल पनि जान्न तर कती ज्ञानी छ हेर त, नसक्नेलाई उनिहरु कती माया गर्छन्।
कान्छी दिदी, ऊ मुन्टो नै हात्ले फर्काएर सोध्छ –  के हामी चराहरुबाट सिक्न सक्दैनौ ? के हामी आफ्नो जिबन दिने बा आमहरुलाई खुशी बनाउन सक्दैनौ ?
सक्छौ नि । किन सक्दैनौ तर हामी पनि बुडो हुन्छउ भन्ने बिर्सन्छौ, कुनै पनि बेला सन्चो नहुने वा अरुको सहयोगमा बाच्नु पर्छ होला भन्ने बिर्सन्छौ, हामी धेरै पटक एही बा आमाले जन्मए, हुर्काए, ठुलो बनाये भन्ने बिर्सन्छौ । तिमीलाई कसैले केही सहयोग गर्‍यो भने थ्यांक यू भन्छौ नि तेस्तै बा आमालाई धन्यवाद दिन बिर्सन्छौ ।
भोली पर्सी मेरा छोरा छोरीले के सिक्लान, मलाई के गर्लान भन्ने बिर्सन्छौ । बुडो,एक्लो , बेसहरा, अपाङ्ग भएकोलाई जो भये नि माया गर्नु पर्छ, सहयोग गर्नु पर्छ भनेर तिमीले नै पदेको हैन तर हामी पद्छौ, जाच पास हुनलाई तर आफ्नै बा आमाको सेब गर्न बिर्सन्छौ ।
हामी बुडो हुँदै गएसी, धेरै बिर्सने हुन्छउ, कम्जोर हुन्छउ, राम्रो सँग सुन्दैनौ, सुने पनि कहिले काम, कहिले अधुरो सुन्छौ, जे पनि खान सक्दैनौ, खान मन लागे पनि प पचाउन सक्दैनौ, फोहोरी हुन्छ, घिन लागे पनि सफ हुन र रहन सक्दैनौ तर त्यो कसैले पनि बुझ्दैन। बुद बुदी हामी जस्तो हुन सक्दैनन तर हामी बुडा बुडि जस्तो हुन सक्छौ तर हामी गर्दैनौ। उल्टो बुडा बुडि लाई गाली गर्छौ, आफुले जे खायो, जे मन पर्छ तेही खान दिन्छौ, घरी घरी उनिहरुले मगे जस्तो दिन झन्झट् मान्छौ,किच किच गर्‍यो भन्छौ। सम्पत्ति नभये पनि, नकमये पनि, नपदे पनि बा आमा लाई हेला होचो गर्न हुँदै हुन्न।
उनिहरुले गाली नै गरेका भये पनि बा आमा सम्झेर बिर्सनु  पर्छ, माफ दिनु पर्छ। उहाहरुलाई धेरै बोल्ने मौका दिने, मिठो मिठो छीन छिन्मा खान दिनु पर्छ, सन्चो बिसन्चो हेर्नु पर्छ, कहिले कही घुमाउन लानु पर्छ, हात खुट्टा कर कारी दु:खछ मिल्छ, गरुङो काम गर्न, निहुरिन सक्नु हुन्न सहयोग गर्नु पर्छ।
दिदी छीन छीन मा दिने भनेको के हो ?
तिम्रो स्कुल मा बच्चाको पेट सानो हुन्छ, धेरै खेल्छन चाडै भोकौछन भनेर २-२ घण्टामा खान दिन्छन हैन त्यसरी नै बुडा बुडिलाई पनि २-२ घण्टामा खान दिनु पर्छ, कहिले कही रती भोक लाग्छ, कहिले निद्रा पर्दैन , त्यस्तो बेला नजिकै खाने कुरा भये खान सक्छन।
कसै कसैलाई बिर्सेंन रोग लाग्छ, कोही कोही बेहोस् भएर दिशा पिशाब पनि सोर्नु पर्ने हुन्छ, कोही कोही लडेर् डाड् भाचिन्छ । एस्तो जो कोहिलाई नि हुन सक्छ नि।
 तिमी एक्छिन आँखा चिम्मा गर त ।
 तिमी आमा भएर सोचेउ ?
कस्तो लाग्यो ?
अभी रुन पो मन लाग्यो, मैले पनि सुनेको छु आमाको कुरा काटेको चौतरामा, पहुना आउँदा ।
ल अब एक्छिन बा भएर सोच त ।
दिदी कस्तो नरमाइलो लाग्यो, रुन मन लाग्यो । मैले त आफु नै बुडो भये जस्तो,मेरो श्रीमती मरेको पो सम्झे। मेरी ममि र बाबा जस्तै कुरा गर्न पैन्थ्यो होला एदी श्रीमती नमरेको भये भन्ने लाग्यो। दुबइ जना मिली मिली बजार जाने, रेस्तुरन्त जाने, घुम्न जाने हुन्थ्यो होला जसरी मेरा बाबा ममी  गरिरहेका छन।
दिदी मैले कहिले कही बा पनि रोएको देखेको छु, उहा मलाई कथा सुनाउदा सुनाउदै रुनु हुन्छ शायद उहाको चित्त दुखेर होला ।
अहिले मैले राम्रो सँग बुझे आमा तपाईं सित एक्लै किन रुनु भएको छ ।   आखिर हामी सबै एक्दिन मर्नै नै हो क्या रे, अनी हामी सबै बा आमा हुने हो क्या रे .

Leave a Reply

Your email address will not be published.
*
*