Letter to Prime Minister Puspa Kamal Dahal, Prachanda regarding his speech on Karnali

Letter to Prime Minister Puspa Kamal Dahal, Prachanda regarding his speech on Karnali

by Radha Paudel
सम्माननिय प्रधानमन्त्री पुष्पकमल  पुष्पकमल दाहाल प्रचन्ड ज्यु,
नमस्कार !

सन्जोगले जुराएको हो तपाईं दोस्रो पटक प्रधानमंत्री भएपछी गरेको पहिलो सम्बोधन टेलि भिजनमा हेर्नलाई । तपाईंको पाटिको तर्फबाट तपाईं तेस्रो प्रधानमन्त्री हो। यो वा त्यो बहानमा तपाईंको पाटी सरकारमा जानबाट  अछुतो छैन अर्थात तपाईं र तपाईंको पाटी सरकारमा के होला भनेर तर्सिरहनु पर्ने वा सबै नौलो र अचम्म लाग्ने अवस्थामा हुनु हुन्न।
तथ्याकले कर्णालीलाई सबै भन्दा गरीब, द्वन्द प्रबाभित र दुर्गम भनेर बारम्बार देखाए पनि सेतीको अवस्था पनि उस्तै निस्पट र कहाली लाग्दो छ। तथ्यांककै अर्थात मानब बिकास प्रतिबेदन् २०१४ लाई हेर्दा, महोत्तरी, रौतहट र हुम्लाको सूचांक पनि उस्तै देखिन्छ तर तेस्को अन्तरनिहित कारण हरु भने नितान्त फरक छन अनि सम्बोधन गर्ने रणनिती पनि फरक चाहिन्छन।

यहाँ यो पक्तिकारले उठान गर्न खोजेको कुरा भने कर्णालीको नै हो किन भने तपाईं प्रधानमन्त्री भएपछी कर्णालीले चाहे तपाईंको पहिलो मन्त्री परिषदको बैठक होस् वा संसदलाई पहिलो सम्बोधन होस् प्राथमिकता पायो । यस अर्थमा कर्णालीमा दोस्रो पटक तपाईंकै कारणले  जन्म लिन पाएको बासीको हैसियतले धन्यवाद नदिरहन सक्दिन। मलाई विश्वाश छ धेरै कर्णालीबासी, तपाईंका शुभ चिन्तकले तपाईं र तपाईंको पाटिलाई वा वा गर्ने छन। तर मेरो अन्तरआत्मले भने एकदमै हेपिएको महसुस गरेको छ र तपाईंको शब्द माथि कुरी कुरी ।
कर्णालीका दलितलाई के सोच्नु भएको छ ? तपाईंलाई लाग्दो हो उनीहरुलाई जन्म दर्ता गराउने कुरा नै थाहा छैन वा महत्वमा पर्दैन?
जन्मदर्ताको महत्व त तपाईंलाई नै थाहा रहेनछ जस्तो लागेको थियो तपाईंको नाती र दोस्री बुहारीको रोदन पत्रिका मापढेर। कर्णालीका हरेक दलित आमा बालाई जन्मदर्ताको बारेमा राम्रो थाहा छ तर उनीहरु जन्मदर्ता  नगरी बस्न वाध्य छन किनभने गा बि स सचिब गाउमा बस्दैनन । उनीहरुलाई सदरमुकाममा पनि सजिलै भेट्न सकिदैन। कर्णालीको भुगोल कतिको थाहा छ कुन्नी तपाईंलाई ? तल्लो हुम्ला अर्थात श्रीनगरबाट सिमीकोट पुग्न कम्तिमा पनि तीन दिन लाग्छ, हिंड्नुको बिकल्प छैन। त्यस्तै माथिल्लो हुम्लाबाट सिमीकोट आउन पनि उत्तिक्कै सास्ती छ। त्यसैगरी मुगूको भि गा बि स बाट गमगढी आउन कम्तिमा पनि दुई दिन लाग्छ। अलिकती सजिलो भनेको जुम्लालाई हो नत्र कालिकोट, डोल्पा सबै उस्तै हुन। घर व्यवहार मिलाउनु, ४-८ दिन लगाएर सदरमुकाम जानु, होटेलमा बस्दै, खाँदै गर्नु, बाटोको सुरक्षा र अन्य कारणले चिन्तित रहनु पर्ने वाध्यता तपाईंको पाटीले जब जङल रोज्यो तब शुरु भयो र एउता सस्कार बन्यो । न बत्ती, न टेलिफोन, न अरु सुबिधा भएको ठाउमा बस्नु भन्दा, गा बि स सचिबलाई पनि  तपाईं जस्तै कुनै न कुनै पाटिको खोस्टो खल्तिमा राखेर सदरमुकाम बस्ने भ्रस्ट प्रबिर्तिलाई झन बडबा दिने बाहेक तपाईंको सम्बोधनले के गर्‍यो। तपाईंको एक हजार रुपैयाँले के गर्‍यो ? के दलितको मुक्ती भयो ? के दलितहरु शशक्तिकरन भए, के उनीहरुको जिबनशैली दिर्घ कालिनन रुपमा फेरिन्छ ? के तपाईंले करीब १० बर्ष गरेको द्वन्द यसैको लागि हो। के तपाईंले फकाइ, फुलाई, धम्काइ दलितलाई ढाल बनाएको यसकै लागि हो ? मैले त पटक्कै बुझेकी छै | मैले १६ बर्ष कर्णालीको संगत गर्दा पनि तपाईंको त्यो सम्बोधन फेरी पनि दलितलाई भोट बैंक बनाउने पपुलारिस्ट नारा बाहेक केही देख्न सकिन । नबुझेको भए माफ पाउ ।  
सशत्रद्वन्दका बेला कर्णालीको कुनै पनि जिल्ला बाँकी रहेनन,आक्रमण गर्न  कतै सदरमुकाम हानिए, कतै ईलाका। हेल्थपोस्ट, स्कुल, सरकारी  कार्यालय कुनै बाँकी रहेनन। जो होचो उस्कै मुखमा घोचो भने झै कर्णालीलाई हरेक तरहबाट दोहोरो तेहोरो आक्रमण भयो। त्यती धेरै आश्रय लिएको ठाउको सामान्य जानकारी नभएको देखेर कुरी कुरी लागेको छ।
तपाईं बस्ने गरेको काठमाडौंलाई तपाईंकै भाषामा प्रभु रिसानी भो अनि तराइका तपाईंका नेताहरु खुनसिए र झन्डै छ महिना नाकाबन्दी हुँदा तपाईंलाई त केही असर परेन नै तर केही  अनुभब त गर्नु भयो होला, आसे पासेलाई तेल, ग्यासको लागि भन्सुन गर्नु पर्दा । तपाईंलाई थाहा छ कर्णाली त २२६ बर्ष देखी नाकबन्दी छ। नेपालगन्जमा ८० रुपैयाँमा पाइने चिनी हुम्लाको सिमीकोटमा करीब ३०० रुपैयाँ पर्छ। अझै पनि डोल्पा र हुम्लामा सडक बाटो पुगेको छैन भने पुगेका जिल्लामा डेडरोडको नामकरन् पाएको अवस्था छ।  
तपाईंलाई थाहा छ- मानब बिकास प्रतिबेदन २०१४ (यो नै अन्तिम रिपोर्ट हो) अनुसार, कर्णालीका मानिसको आयु ४९ बर्ष छ भने बाँकी १३ अञ्चलको आयु ६७.८ बर्षा छ, एसरी हेर्दा १८.८ (६७.८ ४९ ) बर्ष पहिले मर्छन। पछीलो जन गणना अनुसार कर्णालीको जनसंख्या करीब ५ लाख छ। १८.८ बर्ष को हिसाबले कर्णालीका मानिसहरु ९४००,००० ( १८.८ बर्ष X ५०००००) बर्ष गुमी रहेको छ। यदि यसलाई अहिलेको १३ अञ्चलको आयुले हिसाब गर्ने हो १३८६४३.१ (९४००,००0 x६७.८ वर्ष) मानिसहरु मरीरहेका छन ।
        
१३८६४३ मानिसहरुको सख्यालाई २२६ वर्षको एकीकरणको बर्ष संग गुनेर हिसाब गर्ने हो भने हालसम्म ३१,३३३,३१८ जना मानिसहरु मरे। कुनै तथ्याक बिसेशग्य नजरमा यो हिसाब केही तलमाथि पर्ला तर जे भए पनि यो नितान्त राज्यले गरेको सुनियोजित जेनोसाइड हो किनभने इतिहासको बिस्लेषणले कर्णाली छेत्र निमिट्यान्न पार्न खोजेको देखिन्छ।   तपाईं र तपाईंको पाटि त्यसको आशिक नै भए पनि कर्ता ।  
सम्माननिय प्रधानमन्त्री ज्यू,  त्यसरी १८.८ बर्ष पहिले  मर्नेहरु कर्णालीमा दलित मात्रै हुन कि अरु पनि मर्छन ? २० किलो चामलले को को ले कति  दिन खाने हो अनि कस्तो बालबिकासको अपेछा गरिएको हो। तपाईंलाई थाहा छ २० किलो चामलमा कति राजनीति घुसेको हुन्छ? त्यो चामलको गुणस्तर कस्तो हुन्छ ?
मैले खाएको छु खाद्यले बाडेको चामल, सयुक्त रास्टाले बाडेको चामल अनि  ४-८ दिन लगाएर बाख्रा, भेडा,गधा, घोडाले बोकेको चामल। केटाकेटिमा लहै लहैमा खाएको माटोको स्वाद जस्तै हुन्छ अनि आधि सिजेको, आदी सेतो जस्तो देखिन्छ ।
मैले त दुई महिना अघि मात्रै औषधी र खानेकुरा नपाएर सुडानको केटी जसलाईई चिलले पछाइरहेको थियो FEDWASUN त्यस्तै दृश्य तल्लो हुम्लामा गैरदलित समुदायमा देखे। तर म यो ग्यारेन्टिका साथ भन्न सक्छु कि त्यो २ बर्षको  बच्चा तपाईंको २० किलो चामल नपाएर मरेको पक्कै होइन।
दुई हप्ता पनि भएको छैन, ४८ घण्टासम्म सुत्केरी व्यथा लागेर मुगुकी महिला बच्चा पाउन नसकेर मरिनन मात्र ३ बर्षे छोरालाई टुहुरो पारिन पनि । प्रधानमन्त्री ज्यु कर्णालीका महिला सुत्केरी हुन नसकेर आज पनि हरेक तिस मिनेटमा एक जना मर्छिन्, तपाईंको २० किलो चामल कल्ले खान्छ ?
नीति हेर्यो भने गाउ गाउमा बर्थिङ सेन्टर छ, बिदेशीले आमाको मृत्‍यु घट्यो भनेर पुरस्कार पनि दिन्छ, दरबन्दी हेर्यो सबै पूर्ण छ तर जब स्वास्थ्य सस्था गयो कार्यालय सहायक बाहेक कोही पनि छैन। जसले कर्मचारीको खोजिनिती गर्‍यो उसलाई  राजनीतिक पाटि लगाएर कि बहिस्कार त कि जिल्लाबाटै निकाला हुन्छ। यस्तो परिस्थितीमा तपाईंको २० किलो चामलले के दिर्घकालिन समाधान देला। न कर्णालीको समस्या नयाँ, न तपाईं र तपाईंको पाटि नयाँ, कस्तो खालको सम्बोधन हो यो, भाग्य र नियतिलाई दोष लगाएर शान्त बसेको व्यक्तिलाई पनि बिजुली चम्केसरी रिस उठ्ने । 
सम्माननिय प्रधानमन्त्री ज्यु, राजा महेन्द्रले बाडेको चामल नै हो त हामी कर्णालीबासिले तपाईं जस्तो पृष्‍ठभुमिबाट आएको प्रधानमन्त्रिबाट खोजेको ? तपाईंको पाटि जङल पस्नु अघी घर छोडेर हिंडेको म । जहाँ जहाँ तपाईंको पाटि र राज्यको तर्फबाट घम्साघम्सी भयो, तहसनहस भयो त्यही त्यही पुगेको म  । संबिधानसभाको पहिलो चुनाबमा जिबनभर कङ्रेश भनेर हिडेका ८४ बर्षे बाआमाले पनि तपाईंकै आश भरोशामा भोट् हालेको देखेको म | तपाईंले म जस्तो काम, नतिजा, खोज्ने जनतालाई पनि खुशी बनाउन सक्नु भएन भने तपाईंको अरुले के अपेछा गर्ने।
दु:ख लागेको त के भने जलबायु परिवर्तन लगायत अन्य कारणले कर्णालीमा यसपाली लामो खडेरी पर्‍यो। अलिअलि खेती योग्य जमिन पनि खरानी जस्तै भए। खानेपानीको पनि हाहकार भयो। दिर्घकलिन योजना न गैर सरकारी सस्थाले ल्याए न तपाईंले ल्याउनुभो। जताबाट हेरे पनि कर्णालीमा पानी नै पानी छ तर घर, खेत, स्कुल कोकाकुल बनेको छ। करोड करोडको मेशिन जडान गरेर कर्णालीको पानी बस्तीबस्तीमा पुराएर स्वास्थ्य, पोषण, सरसफाईमा सहयोग गरेर मान्छेको आयु बडाउने कुरो गाह्रो भो अनि आँफै किटाडु, आँफै औषधी बन्ने परम्पराबादी अभ्यास तपाईंलाई पनि सजिलो र सभ्य भो ?
के तपाईंले केही गर्ने एजेन्डा नै नपाएर चामल बाड्ने  निर्डय गर्नु भएको हो ?की तपाईंलाई कर्णालीको बारेमा ज्ञान नै नभएर अतालिएर चामल बाड्न हतार गर्नु भएको हो ? के तपाईंको सरकारमा कर्णालीका मन्त्री नै नभएर हो वा तपाईंको पाटिमा कर्णालीबासी र प्रेमी नभएरयस्तो भएको हो
कर्णालीमा कुनै पनि सरकारी तथा गैर सरकारी निकायको सबै काम जेनतेन फच्छे हुन्छन तर परिणाम भने शुन्य हुन्छ किनभने कोही पनि कर्णालीको बिकास होस् भन्ने चाहदैनन चाहे त्यो स्थानिय, गैर स्थानिय कर्मचारी होस् वा नेता, मन्त्री होस् वा जो कोही। यनकेन समय बिताउने, पालो पुराउने, प्रोमोशन खाने । कर्णालीमा केही समय बसेर जिन्दगी बनाउने देखी, कर्णालीको नाममा राजनीति गर्ने वा कर्णालीको कोटाबाट बिभिन्न तहमा पुग्ने अनि कर्णालीलाई फेरी पनि भ्रस्ट सस्कार र अन्धकारमा रूमलिएको  हेर्न मन पराउने वा त्यसैमा खुशी हुने ठुलो जमात छ। त्यही हुलमा कर्णालीलाई गाली गर्ने, छि छि र दुर दुर गर्ने अर्को जमात पनि छ। तपाईं पनि यो वा त्यो बहानमा उदेस्य एकै, रणनिती फरक भएका हुलमा देखेर दु:ख लाग्यो।
कर्णालीमा बिकासको कुरो गर्दा के छ भनु ? २५०० बि सि को जस्तो युगमा बाचेको छ कर्णाली। मेरो अनुभबमा गरीब घरका बच्चा मात्र स्कुल जान्छन, मद्यम खालका बच्चा कि भारत कि काठमाडौंमा श्रम गर्दै पढछन  भने धनीहरु काठमाडौं र भारतका ठुला ठुला स्कुलमा पढ्छन । असिम राजनीतिक प्रभाबका कारण स्वास्थ्य सस्था जस्तै स्कुल पनि प्रभावकारी छैनन। अधिकाम्स ५ कक्षा पढेको बच्चाले आफ्नो परिचय पनि लेख्न, पढ्न सक्तैन। यस्तो बिसम परिस्थितीमा बालिका र महिलाको अवस्था झनै कहाली लाग्दो छ। १८ घण्टा काम गर्ने तिनै महिला, खान नपाउने, पढ्न नपाउने, कुनै निर्णायक भूमिका नभ्एको, बर्षको दुई महिना गाईबस्तु सरह जिबन जिउने पर्ने, पाठेघर् खस्ने, चाडो वा बाल विवाह लगायत  एकै  पटक धेरै थरिका हिंसाबाट ग्रसित जात हो महिला।
यसरी कर्णाली बाहिरबाट जती चुनौती पूर्ण देखिन्छ त्यो सत्य हैन,  यो त अबसर नै अबसरको सागर हो । प्रधानमन्त्री ज्यु जसको स्रोत र साधनको अलिकती मात्रै पनि बैज्ञानिक प्रयोगले कर्णाली मात्रै हैन नेपालकै समृदि र पहिचान परिवर्तन सम्भब छ।   
तपाईंलाई थाहा नहुन सक्छ कर्णालीमा भारतको कस्मिर र चीनको भन्दा मिठा, अर्गानिक स्याउ फल्छ, मैले खाएर सकिन्नन अनि रुदै रुदै गाई भैंसीलाई हाल्ने यिनै हात हुन। जब जाडो हुन्छ, हिउ यसरी पर्छ कि यूरोप मा आधुनिक साधनमा स्केटिङ खेल्छन, म त काठकै फल्याक डोरीले बानेर खेलेको छु मजा त यूरोपमा भन्दा कर्णालीमै आयो। गाडी गूड्न बाटो छैन, आकाशमा उडन यती  महँगो छ कि बैकोक जान सस्तो र सजिलो छ तर कर्णाली जान महँगो र झन्झिटिलो। खानेमुखलाई जुगाले के छेक्छ र खुट्टैले हिंडे पनि मोज त कति  गरेको छु कति । तपाईंलाई हिलिकप्टरबाट उडदा मेरो जति मजा नहुन सक्छ, रारा र फोक्सुन्डोले कति  प्रेम गर्छन् भनेर। म सधैं जान सक्दिन, कति  निरस छु म अनि तिनीहरु एक्लैकति सुस्केरा हाल्दा हुन। प्रजातन्त्र आए पछि नि थुप्रै बिकासे प्रधानमन्त्री आए तर कसैले नि न हिंड्ने बाटो बनाउन सके, न बस्ने बास नै ? तपाईंलाई त तारे होटेलको कोदो, फापरको रोटी मात्रै स्वाद होला म त हरेक एउटा रोटोले एउटा लेक काट्न सक्छु अनि  कहिले कहिले कल्पन्छू —यी रोटाका पनि दिन आउलान केक बनाएर खाने,यी आलुको पनि दिन आउलान चीज हालेर लन्च खाने।
सम्माननिय प्रधानमन्त्री ज्यु, तपाईंलाई थाहा छ कर्णालीको हरेक झार औषधी हो। म चिन्दिन को को आउछन, के के बनाउछन, केही थाहा छैन, अलि अलि  पैसा दिन्छन अनि हेलीकप्टरमा राखेर लान्छन। कहिलेकही फिल्ममा झै सपना देख्छु म यो देशको प्रधानमन्त्री हुन्छु, पर्फुम उधोग यहि खोल्छु, जडिबुटी उधोग यहि  खोल्छु, बहुदेशीय उधोग बनाएर कर्णालीको वाइन हिलारीलाई उपहारपठाइदिन्छु। कर्णालीमा जनसंख्या कम छ, सबैलाई कर्णाली आउन त भन्न नि लाज लाग्छ त्यसैले  पुर्बी पहाड र तराइका बिदेश काम गर्न जाने दाजुभाई, दिदीबैनीलाई कर्णाली नै बोलाउछु, बिशेष सुबिधा दिन्छु अनि नांगा, छोडिएका पाटनहरुमा स्याउ, सिमी, जडीबुटी फलाउछु। हिमाल, पहाड र तराइ गीत र भासनले  हैन काम र प्रेम ले जोड्छु।
प्रधानमन्त्री ज्यु, सोच्नुस् त न तपाईं रोजेर जन्मेको गण्डकीमा न म कर्णालीमा | यो त सबै सन्जोग नै रहेछ अनि कसले कसलाई हेप्ने अधिकार छ र ? मैले त सपनामा नै भएपनि पहिलेका दरबार, मालिका सबैलाई पर्यटनसँग जोड्छु जस्तो लाग्छ|
प्रधानमन्त्री ज्यु, तपाईं यो देशको धेरै सम्मानित, बौद्धिक व्यक्तित्व अनि धेरै चतुर हुनुहुन्छ रे तपाईंले चाहे के हुँदैन र कर्णालीमा, हिउमा आगो बल्छ, बलेको देखेकै हो, चामलको राजनीतिमा नलमलिनुस कर्णालीलाई गन्तब्यको स्थल बनाइदिनुस् मेरो तपाईंसँग अनुरोध यती  हो, जनता हामी लगनशील मेहेनती र इमान्दार छौ अनि  पाटी हैन, देशलाई केन्द्रमा राखेर काम गर्ने नतिजामुखी नेता खोजेका छौ ।
पत्र लामो भो, कृपया जति बेस्त भए पनि आँफै पढ्नु होला र प्रश्न गर्नु होला तपाईंले प्रधानमन्त्री दोहोराइ दोहोराइ हुनु परेको किन ?
तपाईंको शुभ चिन्तक
राधा पौडेल

rpaudel456@gmail.com
 FYI: I have always hard time to type Nepali even Unicode erase my emotions and flow though I prepared this article and forwarded to Setopati right after the speech of Prime Minister, Puspa Kamal Dahal, Prachanda Sept 8, 2016 at Gauriganj, Chitwan

  

Leave a Reply

Your email address will not be published.
*
*