बोल्ने चराको कथा

बोल्ने चराको कथा

by Radha Paudel
मैलेआकाशमा चराहरु उडेको देखेर लोभ, रिस , जिज्ञासा मनोरन्जन सबै अनुभुब गर्थे।कहिलेकाही सपनामा चरा भएको देख्थे कहिलेकही बिपनमा सपना देख्थे एही कौतुहलतामा बहकिदै गर्दा कुनै आकार प्रकारनदेखिने तर घुहुघुहु घुहुघुहुआबाज लिएर आकाशमा दौदिएहेकोसुने आमलाई सोधेआमा के दौदिन्छ आकाशमा? आमाले जबाफ दिनु वोजहाज। गर्मी महिनमा आगन्मा उत्तानो सुतेर ताराहरु गन्दै गर्दा, चिप्लिएर आकाशबाट खस्ने ताराहरु हेदै गर्दा, आबाजपछी पछी पिलिक पिलिक  बत्ती  अघीअघी   बाल्दैतेही ताराहरुकै उचाइमा उदिरहेको देख्न पाउदा साह्रै नै रमाइलो लाग्दथ्यो।कहिले कही मैले देखदिलो गरे वा ताराहरुसँग झुक्किएर देखिन भने कती दु: लाग्दथ्यो। आमालेभन्नु हुन्थ्योतैले उहिले मामाघरजादा जहाज चडेकि छस मलाई एक मनरमाइलो लग्थ्यो अनी अर्को मननरमैलो । मैले जहाज चडेको किन सम्झिन्न होला भनेर आँफैदेखी रिस पो उट्थ्योतर जे गरे पनिपटक्कै सम्झिन्नथे
चरा जहाज जस्तै आकाशमाउड्न कसरी सकिन्छ कसैलेपनि भनिदिएन अनी सिकाइदिएन। मैलेजुन दिन सपनामा उड्थेत्यो दिन जोश जागरनै अर्कै भये जस्तो लाग्थ्यो।सबैलाई सुनौदै हिंड्न मन हुन्थ्यो तरभित्र भित्रै कुडिएर बस्थे मन्दिर देखेकि ढोगेर मन मनै आशिर्बाद  माग्थे, मलाई उड्ने बनाइदिनु। तर स्कुल पडदापो थाहा पाये कसरीराइट दाजु भाईले आकाशमाउड्ने एन्त्र अर्थात् जहाज बनए। प्रथाना गरेर हुँदैन त्रिश्ना र साधनाले हुदो रहेछ भन्ने जनेको दिन छुतै रमाइलो लाग्यो। 

 उनिहरु कस्ता थिए होलान, केके गरे होलान, केखाएर उनिहरुलाई तेती धेरै बूध्हिआयो होला जस्तो केके प्रश्न मन्मा अाइरहन्थ्यो। आज भोली जस्तोतेलिभिजन, कम्प्युटर, ईन्टरनेटको जमना थिएन। तलाउमाआउने, बिलौने छाल् जस्तो भोमेरो जहाज चड्ने चाहनाभने चरा बन्ने चाहना मन बाटैई हरायोकिन भने यो मान्छेले बनाएको हैन रहेछ।   खेत्मा काम गर्दै गर्दा, जङल्मा दाउरा बटुल्दै गर्दा, मैले धेर पटकमेरै टाउको माथि जहाज आउथ्यो र धेरै खुल्दुली, प्रश्न छोडेर हरौथ्यो बादलमा त बिलौथ्यो आकाशमा ।

जब जब जहाज चड्छु तिनै बच्चा बेलाका प्रश्न, खुल्दुली उकुस्मुकुस गर्दै आउछन, कहिले त हाबा हुन्डरि नै चल्छ जतिखेर म जसतै लाखौं लाख भाई बहिनिहरुको बिच्मा पुग्छु। जहाज चड्न तेती सजिलो छैन मेरो देशमा । धेरैहरुका लागि पैसा हुँदैन थोरैका लागि जहाज चड्ने सम्रचना छैन अनी अझ थोरैका लागि पैसा र सम्रचना दुबै छैन।

जहाज र बिदेश जाने जहाज मा सुबिधा र प्रबिधी फरक भये पनि आकाशमा उड्दा हुने अनुभब भने धेरै नै मिल्दजुल्दा लाग्छन मलाई। मातिएर सधैं माथि माथि उड्ने बादल त म भन्दा धेरै तल तल देखिन्छ। बादलका रङ त जमिन बाटै देखिन्छ तर रुप भने लाग्छ मात्रै जहाज बाट। कंचन, सेतो बादल कहिले बाँदर जस्तो लाग्छ, कहिले सिह जस्तो देखिन्छ, कहिले सानो बिरालो, कहिले अझँगको हाती, कहिले जोडी मिलेको बाघ् ।छोड्नै मन लाग्दैन तर के गर्नु जहाज मेरो बसमा हुन्न। फेरी फेरी देखिने स्वरुप्ले मन खुशी बनिरहन्छ। बादल कहिले सयपत्री फुल जस्तो, कहिले गुलफ जस्तो, कहिले रुख जस्तो,कहिले झदी जस्तो, कहिले कर्ली परेको कपाल जस्तो। कहिले जिसस क्रश्मा झुन्दिएको जस्तो,कहिले गौतम बुद्ध ध्यानमा बसे जस्तो, कहिले मस्जिद जस्तो, फरक फरक धर्मका दुत जस्तो।

जब जब जहाज माथि माथि जान्छ, अजङका पहाडहरु साना साना मात्र हुने हैनन, फुल्को प्त्र जस्तो पत्रै पत्र मिलेर देखिन्छन। दुई तीन पत्र देखिन्छन अघाडी अनी पछाडि पत्र थपीदै जान्छन अनी पुग्छन नौ दश पत्र। तेश्पछी गननै सकिन्न किन्भने जहाज मलाई कुरेर बसिदिदैन। हिमाल दारा निस्केको दात जस्तो  तल माथि सेता,पहेला भएर भएर जहाजको झ्यालबाट तल देखिन्छन अनी आफु त पुतली, भ्रमरा, र मौरी झै रोज्दै र खोज्दै हिंडे जस्तो लाग्छ तर के गर्नु फेरी पनि रश चुस्न, पल चुम्न त फेरी कहाँ पाईन्छ र ।

जमिनमा रहदा बस्दा मातिएर बहने खहरे कस्लाई पो मन पर्दो हो र ? तर आकाशबाट आँखा तन्काइ तन्काइ हेर्दा अती लोभ लाग्दा लाग्छन। पातका नशाहरु देखिये जस्तो पहाडका टुप्पाबाट निस्कँछन्, अनी गएर मिल्छन। नदि र तालहरुले काउकुती लगाउछन तर के गर्नु ति सपना जसती लाग्छन।

पहाडका कान्ला होस् या तराइका फाट् रङ र रुप फेरिरहन्छन । कहिले सुन फलाउछन्, कहिले सेताम्मे फुल्छन त कहिले भरिलो अनी कहिले नाग्गै र उराठिला। हिउदका महिना म जहाज भित्रै पाटनका हिउमा स्केटिङ खेल्छु त कहिले हिउ परी हा हा हा ।  

धेरै यात्रीहरु जहाज हल्लिदा करौछन, भगवान पुकार्छन अनी कतिले आफ्न प्रिया जन। मलाई त जहाज हल्लेको मन पर्छ। जहाज जब कालो बादल बाट जमिन् तिर बाट माथि वा माथि बाट जमिन्तिर झर्ने बेला एदी कालो बादल रहेछ वा ठुलो आधी हुरी आएको बेला हल्लिएको महसुश गरेको छु। जहाज हल्लियो भने मात्र मलाई मजा आउछ, नत्र हल न चल् आकाशमा उदिरहनुको ख्यालख्याल लाग्छ मलाई। कहिले कही ह्वत्ता झर्दा पेटमा चिसो जस्तो स्वात्त खसे जस्तो लाग्छ सबै जहाज को सिट सामतेर फेरी भगवान पुकर्छान् मलाई उनिहरुतिर हेर्न मन लाग्छ अनी धन्यवाद दिन मन लाग्छ बिज्ञानलाई अनी राइट दाजु भाईलाई।

आधिकाम्स साना बच्चाहरु रुन्छन, चिचौछन, अनी तोते बोल्ने हरु रुदै अपिल गर्छन्- गाडीमा जाउ, गाडीमा जाउ । जे जे भने पनि ति बच्चा रोइ रोइ झर्छन, केही निदौछन, थोरै रमौछन। मलाई मैले सानोमा के गरे हुम्ला भनेर जान्न मन लाग्छ, तर आमा बोल्नुहुन्न, मन्दिरको भगवान र मेरो आमा उस्तै नबोल्ने अनी लाग्छ आमा भगवान नै बन्नु भएको छ। 
 

Leave a Reply

Your email address will not be published.
*
*