दशैँ संग भल्किरहने मन

दशैँ संग भल्किरहने मन

by Radha Paudel
 आज भोलि बिस्लेशन गर्छु, बाहुन भएर पनि मेरो परिवार तेती धार्मिक भएँन. घर र मामाघर दुवै तिरका हजुरबा, आमाको भौतिक अनुपस्थिति, ठुलो परिवार, आर्थिक निम्नस्तर, बाहुन भए पनि कथित तल्लो जात.  केटाकेटीको मन त हो नि, छिमेकिकोमा घरमा पाहुना आउने, मिठो मसिनो पाक्ने, अलिक स्वतन्त्र भएर हिडेको देख्दा कता कता कल्पनामा आउथ्यो हामी कहाँ पनि तेस्तै तेस्तै गर्न पाए . समय संगै कपालका केस्रा पनि पाक्छन क्यार केहि केहि फुरे जस्तो लाग्ने . केहि कुराले जिबन भर हसाउने कहिले फेरी चुक् चुकाउने.   


मेरा पाला मेरा गाउ घरतिर दिबस त आफ्नो मनाउने हुन्थेनन केरे राजा रानीको मात्र मानिन्थ्यो, सफा भएर स्कुले पोशाकमा सजिन, चर्को चर्को स्वरमा नाराहरु भटायर बजार भरि हिड्न मौका तिनै दिनहरुले मात्र दिलाउने हुदा स्कुल सधै प्रस्तिप्रधामा जायोस जस्तो लाग्थ्यो. तेत्सै दिबस मनाएको रहेछ सोर सराध्य भनेको तर जन्मेको दिन हैन, मरेको दिन. स्कुलमा अभिभाबक दिबस, लक्ष्मी प्रसाद देबकोटा, भानु भक्त आचार्यको दिबस, सिछा दिबस, बाल दिबस आदि मनाए जस्तै रमाइलो र महत्वपुर्ण लाग्यो मलाई सोर सराध्य . एकदिन भने पनि अनुकुल मिले छोराछोरी संग संगै भएर बा आमालाई सम्झने, उनीहरुबाट शिक्छा लिने, आफ्नो जिबनलाइ अझै परिमार्जन गर्ने. तर सत्य अर्कै. अपबाद बाहेक जसले जिबन भर छोरा छोरीको लागि अर्पित गरे तिनीहरुलाई जिउदो हुदा अपमान गर्ने अनि मरे पछी पिण्ड. जिउदा भगवानको अपमान गरेर वा जिउदो हुदा खान लगाउन दुख दिने, बोलि मिसाउन नसक्ने, झर्केर बोल्ने वा बा आमाले बोलेको नै नरुचाउनेहहरु देख्छु अनि तिनै छोरा छोरीले सराध्य पनि. खासमा त उमेर पुगेका बा आमा जिउदा देवता हुन्, जे गर्न सकिन्छ तेही जिउदै हुदा गरे के हुने थियो? मरे पछी उनका नाममा गरिने खर्चले मलाई पोल्छ. खर्च नै गर्न मन लागे पनि थुप्रै सिर्जनसिल कामहरु गर्न सकिन्छ जस्तो लाग्छ. किर्ना जस्ती फुल्दै गएका जिजुमानिहरुलाई पोसेर नया नेपालमा पुग्न खोजेको ठाउमा पुगीन्छ होला र अर्थात् सराध्य गर्नु अघि र पछी आफूले गरिरहेको कामलाई टेवा मिल्ला र ? बसन्तहरु थुप्रै काटियो तर दुवै कथाहरुको गहिराई लम्दिदै मात्र छैन, नदीका दुइ किनार झैँ पनि हुने स्थिति को साझी छु अनि घोत्लिन्छु हामी ले खोजेको साच्चै के हो जिउदो देवताको सम्मान वा अपमान.

यसै संग जोडिएको अझै पेचिलो कुरो त मेरो आमाको सोर सराध्य गरियन, अझ स्पस्टसंग भन्दा आमाको सोर सराध्य बा जिवितै भएकोले गर्न हुदैन रे. मेरी आमा अर्थात् म छोरी मान्छे पेटको आकार, गर्भिनिको हिडाई वा रुचिमा फरक भएकोले छोरी होलि भनेर वा भिडियो गरेपछि हेपिएको, जिन्दगि भरि हेपिएर पनि मरे पछी समान हैसियतले मर्ने रहेनछु. म जन्मिनुमा बाको भूमिका अबस्य छ तर आमाको भूमिका अझै गहिरो र फराकिलो अनि सर्ब्योपी सत्य भएर पनि आमा अर्थात म सधै अपमानित हुनु पर्ने अभ्यासले जति मलाई चित्त दुख्छ तेतिनै बिद्रोही पनि बनौछ.

जब जब सोर सराध्य मध्यम तिर पुग्छ,आगनको बाटो भएर घर फर्कनेहरुको लर्कोले मेरा बा आमाको मनमा पनि पहिरो आउदो हो भन्ठानेर म अलिक गम्भीर भएर घर सम्झने चाड चाही वर्ष भरिको चाड मध्ये दशैँ हो . एस्तो लाग्छ गाउ घरमा सबै भन्दा पहिले मनै पुगु र बा आमालाई फुरुङ्ग पारिरखु. सोचे जस्तो जिन्दगि कहिले र कसको पो हिद्छ र . कहिले कहाँ पुग्नु पर्छ त कहिले कहाँ . जे होस् दशैँसंगै जोडिएर मेरो गल्ति आइरहंछ अनि मलाई झस्काईरहन्च्छ,बिउझैरहन्छ .

झन्डै १२ वर्ष अघिको कुरो, भर्खर भर्खर मोबायल सर्ब साधारणले परयोग गर्न थालेका थिए . मैले पनि ठुलो आटका साथ एउटा मोबएल किने. तेतिखेर मोबयेल उठाउदा र मेसेज पड्दा पनि पैसो कत्थ्यो तेहिपनि मानिसहरु प्रयोग गर्थे ताकी आफ्नो सामर्थ देखि हालोस. निश्चयनै एसको प्रयोग आब्स्येक थियो त्यो पनि सर्ब साधारणहरुका लागि . तर महँगो थियो सबै कुरो, हत्त पत्त पाउन नै गारो .

कसो कसो मिलाएर घर आए, तेतिखेर आमा पनि जिवितै हुनुहुन्थ्यो. घर हैन टोल नै रमाइलो नहुने कुरो नै भएन, किन भने जिन्दगीको गोरेटो खन्ने तरिका मेरो बेग्लै थियो र गाउकै पहिलो घर छोड्ने छोरी मान्छे पनि.
म आफ्नो सुरमा थिए अचानक अर्को कोठाबाट ठुलो आवाजमा हासो आयो, त्यो अनौठो खालको अनि कता कता बाको बोलि पनि मिसिएको जस्तो. मैले आफुलाई रोक्न सकिन र आवाजलाई पछाए. भए भरका सबै नाती नातिनी संगै थिए, बा बिचमा. बा ले मोबायल कसरि चल्छ सोध्नु भयेछ, अनि नाति नातिना हानाथाप गरेर सिकयेछन. बाले फोन आफ्नो घरको लेण्डलएनामा हान्नु भयेछ . आफुले डायल
गर्दा फोनको घन्टी बजेछ, सफल भए भनेर बा खुसि हुनु भयेछ अनि तेती पाए पछी आज भोलिका नातिनातिनालाई पुगीहाल्यो . यसै त बा गोरो बर्णको मान्छे, लाज र सफलताले झनै रातो. केटाकेटीले प्रतिस्पर्धाका साथ सुनाए बाले कसरि र कति चाडो चलाउन सिक्नु भयो .

म खुसि नहुने कुरै भएँन तर ग्लानिले पानी पानी भए . मैले गलत सोचेको रहेछु , मैले नर्सिंग मा स्तानक पड्दा जेष्ठता सम्बन्धि थाहा पाएर मा एती परिबर्तन भएको थिए कि मैले केहि ठोस काम गर्नका लागि स्तानोकोत्तर गर्दा येही बिसयमा अनुसन्धान गरेकी थिए तैपनि म नारामो संग चुके . मैले सोचेको थिए , घरमा ल्याण्ड लैएन फोन छदै छ, बा आमोको कोठामा पनि प्रयोग गर्न मिल्छ, बाहिर फेर हिड्दा सुनेर प्रयोग गर्न पनि मिल्छ, खास अरु काम केहि छैन, अरु कुनै तेस्तो परदेशमा पनि कोहि छैन, जे छ मै छु, बिथ्यमा नभएको पैसा किन खर्च गरु फेरी बा अंग्रेजीमा दखल नभएको मान्छे पनि.

मैले दशमीको भोलि पल्ट बालाई एक पटक पनि नसोधी मोबायल किने . अरु सामना किनिदिदा रिसाउने वा केहि न केहि भन्ने बा एक शब्द पनि नबोली मख्ख पर्दै लिनु भयो . मैले मन मनै माफी मागे , एदी मैले मुखै फोरेर मागे भने उहाले केहि नराम्रो पनि सोच्ने हो कि भन्ने लाग्यो. जेष्ठ नागरिकको सम्मान र स्वाभिमानको जगेर्ना गर्न तेती सजिलो छैन . सम्बेदनशील हुदाहुदै पनि येस्ता गल्तिहरु भैरहंछन. मैले सबै कुरा मैले जाने देखेका कुरा बा आमालाई पहिले नै सुनाएर, देखाएर अनि मात्र गर्ने गर्थे  तर एस मामलामा म चुके. बा आमालाई मोबायल फोन नकिनी आफूले किनेकोमा आज सम्म पनि पिडा बोध भै रहन्छ.

यस पाली आमा त सराध्य गर्न पर्ने हुनु भएको पनि झन्डै १० वर्ष भैसकेको छ. दशैमा सधै झैँ बालाई खुसि पार्न आएको बा को फोन हरयेछ फेरी . बा लाज मानेर अब नकिन्ने भन्दै हुनुहुन्थ्यो जिउदो देवताको सम्मान गर्न नया फोन भाइले किनी दिए, केहि घण्टा मात्र अघि चाहिन्न भनेको मान्छे त नया मोबायल बाट फोन गरेर सोध्नु भयो माडी कतिखेर पुगेउ, छिटो आउनु दशैमा घर बस्नु पर्छ.

  

Leave a Reply

Your email address will not be published.
*
*