धोको फेरेर रुन नपाएको दशैँ

धोको फेरेर रुन नपाएको दशैँ

by Radha Paudel
सधै झैँ झन्डै २६ वर्ष पहिलेको दशैँमा बिहान सातै बजे घरमा मार हान्न गाउका दाइहरु आए. करिब छ बर्ष देखि नै मैले मार हान्ने कुरालाई तिलान्जली गरिसकेकोले घर भित्रै बसिरहे. यसरी बस्नुको पछाडी म साहाकारी भएकोले मात्र होइन, म माइनस भएको थिय. बर्खे बिदामा घरमा आउदा मैले महिनाबरिको प्रकिया बाआमसंग छलफल गरिसकेकोले मेरो घरमा पहिले पहिले झैँ महिनाबारी बार्ने चलन कमजोर बनिसकेको थियो तर दशैँमा सहुलियत पाउने नपाउने भन्ने कुराको परिछन हुन बाकी नै थियो.


मैले नै हो घरमा महिनाबरिलाई माइनस भन्न थालेको . हिसाब गर्दा खेरि घटाउनेलाइ अंग्रेजीमा माइनस भनिने शब्द मलाई घर परिवारबाट घटिने जस्तो घत लगेर माइनस भन्न थालेको थिए . आमाले यसरी नै बुझ्नु  हुन्थ्यो.

आमालाई मैले चिन्ने देखिने दम खोकी थियो. अलिक तेलको खार, मर,मसलाको बास्ना आदिले पनि आमालाई गारो हुन्थ्यो. आमा चाड बाडको बेला बिरामी पर्दा सारै दुख लाग्ने हुदा साहकारी भए पनि पूर्ण हर्दिकतासाथ म मासु काट्ने,पकाउने, खुवाउने गरेर आमालाई सगाउथे. झन् घर छोडेर पड़न गएको र आमालाई सहयोग गर्न नपाएको पीर परेकोले घरमा आउदा सकेसम्म सबै काम गर्न मन हुन्थ्यो .
बाहिर खसी मार हान्नेहरुको चहलपहल र रमाइलो छ म भने अब के गर्ने, भन्ने कि नभन्ने, के आमालाई अरु बेला जसतै अनुमति दिनु हुन्छ की हुन्न आदि जस्ता प्रश्नहरुको जबाफ खोज्न अवाक भएको थिए.

मैले बिस्तारै भान्साको ढोकाबाट मुन्टो छिराएर आगनमा बसेकाहरुले सुन्छन कि झैँ गरेर आमासँग छोटकरीमा खुसखुसाय- माइनस भएको छ के गरु ? आमाले मतिर नहेरी अर्थात् कराईमा रौती चलाउदै भन्नु भयो –खुरुक्क हल्ला नगरी काम गरे भैहाल्यो नी. मलाई मेरी आमालाइ अगालो हालेर बेस्सरी रुन मन लाग्यो, म आमाप्रति एकदमै झुके, स्रदाले झुके तर  केही भन्न सकिन किनभने अरुले थाहा पाउछन कि भन्ने डर मात्र थिएन तेसरी किर्ताग्य हुने सस्कार पनि थिएन जे हुन्थ्यो प्राय सबै मन मनै हुन्थ्यो .

मैले सधै झैँ भान्सा समाले . फ्रिजको चलन थिएन तेसैले सबै मासुको बेबस्था गर्नु पर्थ्यो. आन्द्राभुडी राम्रो संग धोएर सुकुटी बनाए, भुटुवा बनाउने मासु भुटेर राखे, बेला बेला मासुको परिकार बनाएर खुवाय.

दशमीको दिन एकाबिहानै उठे, तर किन हो कुन्नि अलि अली छटपट भएजस्तो भैरहेको थियो. भान्सामा नै केन्द्रित भए. म माथिको दिदीको बिहे भैसकेकोले म काइलो बच्चा जेठो भएको थिए . टिका लगाउने बेला भो, टिकाको सर्दाम बहिनीले तयार गरिन. तर म टिका लगाउने ठाउँतीर जाने आट थिएन. आमाले केहि भन्नु हुन्छकि भन्ने भित्र मनमा संका लागिरहेको थियो.

दशैमा जेठोलाइ टिका लगाएर सुरु गरिने र दिदीको बिहे पछी म नै जेठो भएकोले मेरो भूमिका महत्वपुर्ण त थियो तर म भित्र भएको संका, त्रासले मैले तौलिया लिएर धारामा गएर धुन थाले अर्थात् मैले भित्र सहभागी हुन् बाट बचाऊ गरिरहेको थिए .
आमाले अलिकति रिसाएको र चर्को स्वरमा बोलाउनु भयो –राधा किन ढिलो गरेको, बा अलिदेखी कुरेर बसी रहनु भएको छ .

सबेरै देखि मैले प्रतिछा गरेको कुरोको चुरो येही थियो. न मैले कुरा झिक्न सक्थे न आमामा पहिले नै भन्नु पर्छ, मानसिक चिन्ता हटाउन सकिन्छ भन्ने नै थियो. साएद म उकुसमुकुस भए झैँ आमा पनि उकुसमुकुस भएको पक्कै हुनुपर्छ.

हतार हतार तौलिया पखालेर सुकाए र घरभित्र पाइला लम्काय. खुसीले गला अबरुध भएको थिए तेसैले मैले हजुर भनेर बोल्न पनि सकिन जरुरि पनि ठानिन. आमालाई अंगालो हालेर खुसि र गौरबका साथ चिचायेर रुन मन थियो त्यो पनि सकिन, अरु त के कुरा आमालाई हेर्दा पनि हेरिन. लामा लामा पाइला गरेर भित्र पसे, बाको अगिल्तिर बसेर टिका थापे अनि बालाई हातमा ढोगेर ठाउँ खाली गरिदिय.

मेरो मनमा कतै केहि पनि महसुस भएँन.मेरो घर म सात बर्ष भएदेखि नर्सिंग दोस्रो वर्ष पड्दा सम्म मलाई महिलाहरु महिनाबारी हुने भगवानको सरापले नै हो भन्ने लागेको थियो. हुनत म कछा नौ, दशमा बिज्ञान र स्वास्थ्य बिसय पढेको आशा लाग्दो बिद्यार्थीमा गनिन्थे तथापी मलाई महिनाबारी सम्बन्धि सामान्य भन्दा सामान्य कुरा पनि थाहा थियन. मेरो कछामा ४/५ जना केटि साथी थिए तर कहिलयै पनि कुराकानी भएन. मात्रै उनीहरु मलाई सोध्थे पछाडी लागेको छ. तेसो त मेरो घरमा आमासहित ४ जना महिलाहरु महिनाबारी हुनुहुन्थ्यो तर कसैले केहि पनि सिकयानन, भनेनन्. जे जति जाने मन मनै बुझ्ने कोसिस गरेको हो. कि राति उठेर कि रात परे पछी दिदीहरुले कट्टू र टाला धोएर कहिले कता कहिले कता कि कपडाले छोपेर कि झट्ट नदेखिने ठाउमा सुकाएको देखेको थिए. मैले तेही जानेको थिए.

मलाई बच्चा पाउने कसरि होला भनेर अतिनै जिज्ञासा लागेको थियो, आमाले घुडाबाट बच्चा जन्मने कुरा पटकै विश्वास लागेको थिएन अनि नर्स भनेको बच्चा पाउन सहयोग गर्ने हो भन्ने साघुरो बुझाई थियो तेती बेला. म यसै त फुरुक फुरुक थिए बच्चा जन्माउने प्रक्रिया र बाटोको कुरो थाहा पाएर. प्रकिर्तिले के के कसरि मिलाएको अनि बिज्ञान झनै जान्ने भएर के के जानेको जस्तो लगेर खुबै रमाइलो लागेको बेला महिनाबारी पनि जाने, बुझे जुन मेरो लागि बरदान र गौरबको दिन रह्यो, मलाई केटाहरु देखेर माया लाग्यो हुनत उनीहरुको पनि दोष थियन केटीहरुको पनि केहि भूमिका थिएन जे थियो प्रकिर्तिले थियो तेही पनि लामो समय पिडामा जिउनु र आत्माहत्यको बिकल्प रोजेकोले होला म जति खुसि सयेदै कोहि होला महिनाबारी थाहा पाएर. तर आज आएर लाग्छ हाम्रो दुरभाग्य नै मान्नु पर्छ महिनाबारी सम्बन्धि कुनै बहस भएँन, यो संग जोडिएको भ्रम, अभ्यास केहि कुरा भएँन खाली प्रकिर्तिक प्रकिर्य मात्र भयो .मेरा थुप्रै साथीहरु महिनाबारी भएको बेला आफ्नो निजि जिबनमा घरमा जस्तै सबै कुरा बर्थ्ये अनि तेसैमा आफ्नो जात, वर्ग, कुलको शक्ति देखौथे. 

मैले स्टाफ नर्स पड्दा होस्टेल तेती बेब्स्थित थिएन. प्राय लुगा खर बारीको चौरमा सुकैन्थ्यो. आफु भन्दा उमेर र अनुभवले पाका दिदीहरु पनि सहपाठी थिए. म कसैलाई सोधिनथे तर अबलोकन चाही खुब गर्थे , कहिले काही उहाहरु आफै भन्थे . तर स साना सफा कपडाको टाला, संगै कट्टू भयो भने म अनुमान लागौथे. अब के गरे राम्रो र सजिलो भन्ने सुत्केरी वार्डको डिउटी र होस्टेलको अबलोकन बाट थाहा त भयो तर सबै बेबस्था गर्न पैसो कम्जोर नै थियो बिस्तारै stipend को पैसा जोगाएर मैले पनि सजिला कट्टू र साना टाला लगाउन थालेकोले दशैमा लुकाएर भान्सा र जेठो सन्तानको भूमिका खेल्दा पनि कसैले न पत्तो पायो न मैले आत्म विश्वास नै गुमाए .

आमाले सधैको लागि छोडेर जानु भएको पनि अब झन्डै दशक पुग्न लग्यो तर पनि जिन्दगीमा स्कुल पनि नदेखेकी मेरी आमाको बिचारले म झुकी रहन्छु र जब जब दशैका ति पानाहरु स्मिर्तिमा पल्तनछ्ना तेती तेती प्राथना गर्छु हे दुर्गे माता साच्चै तिमीमा शक्ति छ भने यी स्कुल गएर पनि अचेत रहेका आमाहरुलाई सुद्धि देउ ताकी म जस्तै छोरीहरुले आत्म हत्यालाई विकल्प बनाउनु नपरोश.

Leave a Reply

Your email address will not be published.
*
*