Radha-I am a citizen of Rape Accepted Country

Radha-I am a citizen of Rape Accepted Country

by Radha Paudel
बलात्कार स्वीकारिएको देशको नागरिक म—राधा

मैले बारम्बार सार्बजनिक रुपमा नै भन्दै आएको छु आजका मितीमा यदि मलाई बलात्कार भयोभने मैले कम्तिमा पनि सयपटक आफूले आफैलाई सोध्नेछु उजुरी गरु कि नगरु  भनेर |तथापी मलाई कोहि कसैले अनिच्छित रुपमा जिस्काउन पनि पाउदैन; गलत द्रिस्तिकोनले हेर्नपनि पाउदैन अर्थात् हेर्योभने दुर्ब्ब्यबहर हुन्छ वा अपराध हो भन्ने थाहा भएको, यहि कुरा सिकाउदै हिडेको पनि दशकौ भैसकेको छ |कानुनको बिद्यार्थी नभएपनि यो देशको संबिधान, कानुनले के भन्छ भन्ने पनि थाहा छ | म पुलिस, वकिल, मानब अधिकारकर्मी, पत्रकार, महिला मानब अधिकारकर्मी, सरकारी संयन्त्रका बारेमा केहि जानिफकार पनि छु,त्यही सस्थामा काम गर्नेहरुले मलाई केहि हदसम्म चिन्छन् पनि | यदि चिनेका छैनन् भने पनि मेरो नाम सुनेपछि वा देखेपछी मलाई चिन्छन् भन्ने विश्वास पनि छ  |


तर मलाई उजुरी गर्न डर लाग्छ, म रातभर सुत्न सक्दिन,भोक हराउछ, खाना निलिनुको सट्टा उभाएर निस्कन्छ, म दिलैदेखि न हास्न सक्छु न बोल्न नै अर्थात म एकदम दोधारमा पर्छु|म एकाएक एक्लो हुन्छु,बेसाहारा बन्छु, पैसा हुन्न, पैसा कसैले पनि पताउदैनन, पहुच छैन, धेरैले चिन्दैन, चिनेकै भए पनि फुर्सत हुन्न, विचार मिल्दैन |घर परिवारले मलाई नै शंका गर्छ,मेरो गल्ति देख्छ, मैले छोरी भए त्यसको सिमा र घेराभित्र बसिन,सोचिन| मैले लगाएको लुगा उत्तेजित गर्ने खालको भयो,मेरो हाउभाउ उसृन्खल भयो, म एकदम संबेदनशील भए, हुदै नभएको कुरा पनि मैले त्यसरी सोचे वा अनुभुत गरे जुन सामान्य हो,सबैलाई त्यस्तै हुदा हुन्छ कसैले केहि भन्दैनन् तर मैले सिकायत गरे |अस्तिनै छिमेकीले अर्थात् नातेदारले पनि देखेको थियो त्यहाँ हिड्दै गरेको देखेका थिए रे ..| म घरको इज्जत फाल्ने, परिवारको नाक काट्ने, अलच्छिना निस्किए यस्तै यस्तै |सबै भन्दा बढी विश्वास भएको आमा, दिदी, मिल्ने साथीले सबैले शंका गरे,मसंग बोल्न छोडे, हिड्न छोडे, मेरो फोन उठाउन छोडे, मलाई कतै जान अनुमति दिइएन,जबबर्जस्ती गरेर गए पनि निगरानी राखियो साथै चेतावनी दिइयो |घरमा सल्लाह नगरी कतै केहि नभन्नु, नगर्नु |मेरो आखा,चेतना, बिबेक,हात खुट्टा सबै स्ट्रोकपछी भएको पूर्ण पछ्घात भयो | अर्थात् मेरो परिवार मेरो बलात्कारको घटना आफ्नो छोरी नाखार्मौली तन्नेरीलाई दोष भन्ने उखानको सस्थापक झैँ मलाई दोष थोपरेर बलात्कार स्वीकार्छ |

उजुरी गर्न मलाई पत्रकारको पनि सहयोग चाहिन्छ | बलात्कारको घटना ठुला मिडियामा लेखेर वा वा कमाएका मात्रै हैनन् पुरस्कृत भएका पत्रकारले भने ओह हो नराम्रो लाग्यो|मलाई सहयोग गर्न मन थियो तर फुर्सत नै छैन हेर्नुस न|तपाई आउन सक्नु हुन्छ ? मैले त केहि गर्न सक्दिन मैले मेरो सम्पादकलाई सोध्नु पर्छ | तपाई अलिकति कहानी बताउनु अनि सम्पादक मानेभने खबर गर्छु भरेतिर | पत्रकारले खाली म कहाँ थिए, कसरी थिए, के पछी के भयो आदि सोधे अर्थात् यो मेरो चाहना वा गल्तीले भएको होस | भरे कहिल्यै हुन्न | उनको फोनको सट्टामा उनका सम्पादकको तुइटलाइ समकछीहरुको  टुविट पढे महिलाहरु मन परुन्जेल मस्ती गर्छन, मन नपरेपछी अदालत जान्छन, महिलाहरु पुर्बिया सस्कारको भङ्ग गर्न होडबाजी गर्दै छन्, महिलाबादिहरु पुरुषहरुको बिरुद्दमा लागि परेका छन्, डलरखेतीले घरघरको शान्ति बिथोलिदै छ, ……. आदि | धन्य उनी त बोले धेरै त अबलोकन गरेर, नबोलेरै बस्छन,मानौ उनीहरुको त्यो पत्रकारिता भित्रै पर्दैन | तर उनीहरु सयमा एकजना महिलाले पुरुष माथि हिंसा गरि वा बिदेशमा काम गरेको पैसाको दुरुपयोग गरी भन्ने समाचार उच्च प्राथमिकताकासाथ लेख्छन |मेरो बलात्कारको कुरो छाप्ने, सुनाउने, देखाउने केहि गर्दैनन| लेखिहाले पनि एकोहोरो शक्ति भएतिर ढल्किएर, मिलाई मिलाई लेख्छन वा पुरै उल्टो लेख्छन| कहिलेकहिँ त पिडितलाई नै पिडा हुनेगरी फोटो देखाएर कुरो आफ्नै भनेर दर्शकलाई पुरै बिस्वाश दिलाउने किसिमले प्रस्तुत हुन्छन| केहि गरि कार्यक्रम गरिहाले भने खुलेर वा इमान्दारिता पुर्बक बोल्ने एकाद व्यक्तिलाई छोडेर न्युट्रल भएर बोल्ने व्यक्तिहरु खोजी खोजी कुराकानी गर्छन | उत्तिनखेरै वा भोलिपल्ट देखि थप प्रस्नाहरुको बाढी मात्र आउदैन मेरो नियतमा खोटै खोट देखिन थाल्दैन मात्र थपिन्छ, फुल बुट्टा, रंग रोगन सबै गरिन्छ |दुवै तर्फको, गहिरो अनि अनुगमन गरेर खबरदारी गर्ने पत्रकारको खडेरी छ अर्थात् नेपालको पत्रकारिताले बलात्कार स्वीकारेको छ |

ओहो नेपालमा एकसेएक अन्तरास्तिया स्तरका मानब अधिकारकर्मी छन् | गुगल खोल्नु पर्छ एकसेएक भेटिन्छन तर उनीहरुको परिभाषामा बलात्कार हिंसा वा अपराधभित्र पर्दैन | उनीहरुले बोल्ननै हुदैन ,लेख्ने हुदैन, कुनै बिरोध र वकालतका क्रियाकलापको नेतृत्व गर्ने हुदैन | सबै सेलिब्रेतिहरु ,उहाहरुले धुलो खान हुदैन, फुर्सत नै छैन | दया र सहानुभूति भाबमा भावमा १०३० मिनेट देखियो अनि लगेर मुहार पुस्तिकामा सजायो, दायित्व नै पुरा भो | मुद्दा, सडक, सल्लाह आदि बिना प्रोजेक्ट बोल्ने, गर्ने हुन्न | प्रोजेक्ट पनि यस्ता राजनीतिक दल, नेता, गुण्डा आदिको डर, धम्कि र दबाबमा परेर बर्सौसम्म लडिरहन प्रोजेक्ट पनि लेख्दैन किनभने बलात्कारका बिरुद काम गर्नु शरम हो |आजका मितिसम्म कुनै पनि मानब अधिकारकर्मीहरुले नेतृत्व गरेको देखेको पनि छैन |द्वन्दका बेला कति बलात्कार भए,कति उजुरी भए,कतिले न्याय पाए खै कल्लाई थाहा छ |

हुनत त यो देशमा पुरुष संजाल पनि छ, महिला अधिकार र लैंगिक समानताको लागि नमुना पुरुष भनेर तालिम, गोष्ठी, सभा समारोह, कन्सल्टेन्सी त गन्नै मुश्किल पर्ने तथ्याक छ  तर आजका मितिसम्म कुनै त्यस्तो बलात्कारको घटना छैन जुन पुरुष संजालले टुंगोमा पुरायोस | अझै भनु भने सबै पुरुष हिंस्रक हुदैनन् , जन्मिदै हिंस्रक भएर जन्मदैनन भनेर कुनै बलात्कार बिरुद्दको अभियान गरेको देखेको छैन | उनीहरु बलात्कार मिठो शैलीमा, सहानुभूतिको शैलीमा स्वीकार मात्र गरिरहेका छैनन् नया पुस्ता वा केटाहरु पनि त्यस्तै नबोली नबोली बलात्कारलाई स्वीकार गर्न बाध्य बनाइरहेका छन् बिचरा मेरा छोराहरु, तिमीहरुसँग मेरो न गुनासो छ न कुनै अपेछा| चुपचाप बलात्कार गर वा भोग यो समाजले तिमीलाई सुपेको सस्कार हो |

एक दुइ तिन ……..तिस चालिस सबै महिला अधिकारकर्मीहरु| फेरिपनि धेरै जसो सेलिब्रेटीहरु, अग्ला, मोटा, राम्रा, अंग्रेजीमा भासन दिनसक्ने, पाटीले खुलेर र गोप्यरुपमा पत्तैयेका, स्वघोषित बिशिस्टहरु |बलात्कारजस्तो जगन्य अपराधका पनि पीडितका पछमा नभएर आफ्नो पाटी, सस्थाका खातिर बोल्नेहरु|बलात्कारप्रति पटक्कै न रिस छ, न आक्रोश न येक्यबदा वा कुनै विचार |उनीहरुको विचार, अनुहार पुस्तिकामा लेखिएका स्टाटसले पीडकहरुलाई सहयोग गरिरहेको वा तिनैमाथि उल्लेखित गरेका व्यक्तिहरुजस्तो   मौन बसेर, न्युट्रल बसेर स्वीकार गरिरहेका छन् | मानौ उनीहरुमात्र आमाको दुध खाएका  व्यक्ति हुन्, उनीहरु यसो भन्न पनि भ्याउछन् आउन खुब मन थियो तर बाहिर छु  वा बेस्त छु |यसरी बाकी,बचे, रहेका उही उही व्यक्ति जसको अधिकाम्स भर्खर अभियानमा लागेका, कसैले सोधे पनि दमले बोल्न हिच्किचाउने, प्रोजेक्ट वा फण्ड नभएकाहरु केहि सानो वा सांकेतिक झुण्ड बाटोमा बसेर वा नेताका ढोका ढोका पुगेर दुइ पातो बुझाएर के होला र ? आजसम्म ति नेताहरुले तारे होटेलहरुमा कतिपटक भासन गरे होलान, कति पटक प्रतिबद्दपत्रमा हस्ताछर गरे होलान, कति पटक बैठक र कार्यपत्रमा नाममा भत्ता बुझे होलान, कतिपटक फोटो सेसन गरेहोलान तर उनीहरुले त्यो बिसयमा कहिल्यै कतै बोलेनन्, अस्विकार गरेनन, बिरोधको लागि अपिल गरेनन|खुबै गरे अरुहरुलाई दोष लगाए उम्किए |आजका दिनसम्म कुनै राजनीति पाटी वा नेता त्यस्तो छैन जसले आन्दोलनको राको बालोस |यो देशमा महिला मानब अधिकारको कुनै त्यस्तो आन्दोलन नै भएको छैन सधै सहायक भूमिका त्यो पनि केहि आशमा नकी जनताको भरोसामा |
वकिलहरू बजारमा हेर्यो भने फालाफाल छन् | तालिम गोष्ठीमा उनीहरु जति सजिला, सस्ता कोहि पनि हुदैन तर मेरो बलात्कारमा को आइदेला |पैसा चाहिदैन,पिडितलाई न्याय दिलाउन पाए त्यही खुशी हो भन्छन भन्ने बेला तर पछी बोल्न छोड्छन् |बैठक गर्न खोजे आउन्नन वा आए पनि ढिलो आउछन कहिले अदालत नै जान्नन,कच् कच् गरिरहन्छन अरुहरु भए कति पैसा लिन्थे यसरी शुरु हुन्छ उनीहरुको बर्गैनिंग |शक्तिको आडमा कालो सेतो हुन्छ अनि सेतो कालो हुन्छ | एक वर्ष दुइ वर्ष हुदा हुदा बर्सौ लाग्छ पेशी सरेको सरे गर्छ, कहाको खानु,कहाको बस्नु कहाको पैसो, समय |मानौ बलात्कार भएको व्यक्तिको अरु दुनिया नै हुदैन |एकपटकको  बहसको ५ ५० हजार मैले कहाबाट ल्याउनु, वारेसनामाका लागि पनि टेन्डर हालेजस्तो पैसाको किनबेच |हो मेरो परिवार डराएको एक कारण यहि हो, ठिकै पनि हो | फेरी बलात्कारमा कुन वकिल खुशी र गौरबले लड़छ र ? जति धैर्य र लगनशील भए पनि अदालतले मागेका प्रमाणहरु कसरि, कल्ले जुटाउने| के बलात्कारको साछी सधै पाउन सकिन्छ, सधै प्रमाणहरु राख्न सकिन्छ र ? नेपालमा गोल्डेन सिदान्तलाई मन मस्तिस्कमा राखेर कति नै वकिलले वकालत गर्लान र ? यदि यसो हैन भने कुन चाही वकिल उभिएको छ बलात्कारको बिरुद्दमा |राजनीति भएको भए,कुनै पहुचवालाको केश भएको भए पो हानथाप हुन्थ्यो|मलाई थाहा छ मैले कुनै वकिल पाउन्न |निशुल्क न्याय सेबा दिन कोहि कोहि र कुनै कुनै तयारीमा भएको बिज्ञापन त देखिन्छ तर परेको बेला कि भेटिन्न, कि फिल्डमा गएका हुन्छन त कोहि उनीहरुको अफिस हैन भनेको ठाउमा जान मन्जुर हुनु पर्छ |कहिले कहिले यसरी फोन आउछ बैठक सकिएन, आकस्मिक भयो मा पछी खबर गर्छु है | फोन कहिल्यै आउदैन | मलाई कति छिटो गरु भन्ने भुटभुटि छ उनीहरुलाई मेरो अनुभूति…..?  

पुलिसप्रती मलाई झनै विश्वाश छैन ।  पहुच भएन केही हुँदैन अर्थ केस नै दर्ता गरेपछी गाह्रो हुन्छ, आफ्नै घर गाउको कुरो किन बेइजत् गर्ने मिलेर आउनुस् ।  हैन गाह्रो छ भने म नै कागज बनाउल वा दररेट् तोकुला ……।  मलाई बलात्कार  गर्नेसँग कसरी जिबन जिउन सक्छु जसले न छनिक भाबना नियन्त्रन गर्न सक्यो न साच्चिक्कै  प्रेम गरेको प्रमाणित गर्न सक्यो न मलाई उजस्तै मानबको हैसियतमा देख्न सक्यो ।  सक्यो त केबल मलाई साधनको रुपमा  प्रयोग ।  पहिले त उस्को बर्दिले तर्सन्छु, दोस्रो उसको रफ बोलिले सातो जान्छ अनि उसले सबैको अगाडि राखेर अनि के भयो, अनि के भयो भनेर सोधीरहने पुलिसस्सँग  मलाई कुनै पनि किसीमको स्रदा र विश्वाश छैन त्यसैले भो म जान्न, म पुलिसबाट पुन बलात्‍कृत हुन छैन ।  पुलिस सस्था अदालत जस्तै बलात्कार्लाई स्विकरेको सस्था हो जहाँ अरुले थाहा पाए यसो अग्रणि भूमिका निर्बाह  गरे जस्तो गर्‍यो नत्र के गर्नु घर छोडेको कति भो भन्दै जब्बर्जस्ती गर्‍यो ।  


पीडितको प्रातिनिधिमुलक सस्था पनि थुप्रै छन जो मानबिय आधारमा न्यायमा पहुचका ठेक्दार हुन ।  तर मलाई त्यहा जान पनि उत्साह  छैन किन भने उनिहरुले म माथि शंका  गर्छन् ।  मलाई सहयोग गर्न भनेर मेरो नामको तलब खान्छन, विदेश घुम्छन अनि भन्छन फुर्सत छैन  आज अडिट छ, ए फिल्ड जानु छ यस्तै के के भन्छन, पेशीको मिती बिर्सिरहन्छन अनि धम्काइरहन्छन,बलात्कार गरिरहन्छन अदालत जानुपरेकोले यो भएन त्यो भएन ।  कतिपय टाउकेहरु तर्सिरहन्छन वास्तवमै उनिहरु कतै न कतै चुकेका  हुन्छन, शाक्तिका कारण लुकाई—लुकाइ राख्न सकेका  हुन्छन र कतै पोल खोली हाल्छ कि भनेर पनि पन्छिन्छन्, बहाना  खोजिरहन्छन ।  महिला कर्मचारी पनि भएका छन तर उनीहरुकै देश बिदेश गएका भनेर के गर्नु, पढेका  भनेर के सोच्नु भित्रभित्रै पिडकसँग मिलिरहेका र पीडितलाई नै दोस लगाउन उल्टो मुहार पुस्तकमा लेख्छन -महिला भएर घर भाड्नेहरुदेखी साबधान ।  पैसाको लागि बलात्कारमा काम गर्ने स्वरुप्ले महिला तर सारमा हिम्स्रक पुरुष  भएकी महिला सित म जान्न र जान पनि हुन्न ।  उस्ले केही छड्के टाउको पारेर मलाई चोरेर हेर्छे र भन्छे – दु:ख लाग्यो के गर्ने हामी महिला सहनु पर्ने जात देबताको पालमा देखी नै चलेको रित । अँ त्यो मान्छे हेर्दा त त्यस्तो छैन नि त्यस्तो गर्यो होला भनेर पताउनै गारो हगी भनेर पिडितलाई  सोध्छन |

एक मनले सोच्यो के बिधी निराश र हताश भएकी म ।  म जस्तै सोझासाझा पीडितको लागि त हो नि ति आयोगहरु ।  मानब अधिकार आयोग  म फोन गरेर सल्लाह लिउ मात्र भनेको त यस्तो पो आयो आदेश – तपाईंलाई थाहा छ त्यो कस्को केस हो फस्नु होला दु:ख पाउनुहोला  बेलैमा बिचार  पुराएको राम्रो ।  लौ अब बोल्नु भो ? घटना दर्ता गर्नु अघि नै त्यहाँ प्रपन्च तयारी गरिसकिएको छ, कसैले केही गर्दैन  भने किन भन्नु ।  अब म थाके, भन्दिन कसैलाई ।  मेरो भाग्य नै यस्तै । नत्र किन यस्तो हुन्थ्यो?
महिला आयोग, महिला मन्त्रालय, महिला बिकास कार्यलय यी सबै एकै ड्यङ्को मुला ।  केही काम छैन नाम मात्रका ह्ट्लाइन  अनि के के मै जस्ता छन ।  बाहिर टिडिक्क भित्रभित्रै ओसिएका, ढुसी पलएका न गर्ने हिम्मत न ढंग न केही ।  बिचरा हाकिम साहेब भएर  बलात्‍कृत भएका छन तर पत्तो छैन, मेरो जत्तिको पनि आट  छैन मजस्ताको लागि बोल्न 
  
बलात्कार  गरिएका घटनाले  सिनेमा चलेका छन, हलाभरिका मै भन्नेहरु लुकी लुकी आखा पूच्छन | नाटक मन्चन हुन्छन, ठेलमठेल हुन्छ | किताब बेस्ट सेलर भएका छन भने कोही कबि भएका छन के उनीहरु मलाई सहयोग गर्लान ।  उनीहरुलाई नचिन्ने कमै हुन्छन त्यसले सजिलै काम अघि बढ्न सक्छ ? तर खै आजसम्म कुनै तय्स्तो खबर त सुनेको छैन, हैन उनीहरु आफ्नो कलाका बिषय बनाउछन, पुन मलाई बलात्कार गर्न तम्सिन्छन ।  हाउसफुल दर्शकलाई रुवाउनु बलात्कार  बिरुद्दको अभियान हुनै सक्दैन | 
हुनत बलात्कार आज मलाई  मात्र कहाँ भएको हो र ? यो त सदियौ देखी निरन्तर छ जतिखेर महिलहरुलाई शक्तीबिहिन बनाइयो।  हुनतशक्ती बिहिन केटाहरु पनि कहिले पुरुष   त कहिके महिलाबाट नहुने होइन    मेरो जस्तै जटिल छ उजुरी गर्न कल्ले पताउछ र ? महिलालाई बलात्कार  गर भन्छ यो समाज, कहिले मानसिक त कहिले शारिरिक् ।  तर पुरुष माथि त बलात्कार नै हुनसक्दैन  भन्ने ठान्छ ।  यो परिधि बनाउने बिभिन्न भेसका पुरुष  नै हुन फेरी ।  हैन भन्न हुन्न क्यारे बाइकट भैहालिन्छ ।  पुरुषहरुको निरन्तर सहयोग साथ् पाउन हो  राम्रो  भनेर मुस्काएन, उसले भनेको सर सर,  खर खर मानेन, प्रश्न गर्न थाल्यो कि सकियो ।  राम्रै सँग सकियो ।  उसले सबै अस्त्र, शास्त्र प्रयोग गर्छ ।  
अभी ! यस्तो असहज परिस्थितीमा म के अदालत जान सक्छु ।  
छ्या छ्या म पनि के भाको होला  ? म जस्तो ब्यक्ती जे पनि जस्तो पनि सहने ? केही नभए सुरछित  वा सेवा घर छ नि ।  घर परिवार  साथीभाईले एक्लो बनाए त्यहा जान सकिन्छ ।  
जान त सकिन्छ तर को हुन्छ त्यहा ? कति सुरछित  हुन्छ ? मेरो आत्मसम्मान  के हुन्छ
बाटोमा  हिड्दा  पनि सबैले मलाई नै हेर्छन,  खानपान पनि त्यस्तैहुन्छ,घरया यतिको खान पाएका भए यहाँ आउथेयु र भनेर बचन लगाउछन् र सुरछित पनि उस्तै उस्तै ।  सरकार, गैर  सरकार, पत्रकार, सबै मलाई सुन्न मन पराउछन, लेखिरहन्छन कालन्तरमा यो मात्रै अस्थायी  हो न न्याय न रोजगार न घर बनाउछन र मलाई बलात्कार  गरिरहन्छन ।  मानौ  बलत्कार एउटा स सम्मानित पेशा हो वा पद हो ।
गत जेष्ठ महिनामा दैलेखमा छाउपडी प्रथाका कारण १४ वर्षकि युवती मरिन उनलाई हामीले च्व च्व बिचारा  दलित रहिछन, फोहोर गोठमा सर्पले टोकेर मरिन भने बिर्सिए |  गत मंशीर महिनामा आछाममा ११ कछा पढेकी, काठमाडौँमा  पुलिस जागिर गर्ने पुरुषकी श्रीमती, २२ बर्षिया युवती मरिन | हामीले ए सुदुर पश्चिमतिर यस्तै हुन्छ भनेयौ अनि बिर्सियेउ |पर्सामा बलात्कार भयो ए मधेश त हो नि यस्तै भैरहन्छ भनेयौ फेरी बिर्सियौ |इटहरीम बलात्कार भयो ए पुलिस पनि मिलेछ भनेर समाचार सुनेयौ,बिर्सियौ | ललितपुरमा सामुहिक बलात्कार भयो, दोषीहरु रिहा गरिएछ भन्ने समाचार आइपुग्दा दुइ किसिमले बुझेउ ए न्याय हराएछ भनेयौ फेरी हामीले बिर्सियौ | दरबार मार्गमा बलात्कारको खबर बाहिर आउदा लाग्यो यस्ता घटना घटीरहन्छन, प्रहरीहरु मिलिरहन्छन,महिला अधिकारकर्मी कहाँ गए,केटीहरु पनि उस्तै हुन्छन भनेउ फेरी बिर्सियौ | पछिल्लो चरणमा आएर भनेयौ बाआमसंग पनि कस्ता, कुकुरहरु हरु पनि कस्ता मात्रै कल्पना गरे पुग्ने २ बर्षे बच्ची वा ७० बर्षे वृद् जो भए नि हुने कस्तो जंगली तर एकछिनका लागि रिस पोखेउ अनि निदायेउ | यी सबै घटना परिघटना मात्रै प्रतिनिधी पात्र मात्र हुन् अधिकाम्स विभेद, हिंसा तथा बलात्कारको घटना बाहिर नै आउदैनन |आईहाले भनेपनि तोडमोड भएर, पछ बिपछ भएर आइपुग्छन |कहिले वकिलहरू पछ बिपछ हुन्छन, कहिले राजनीतिक दल घुस्छ, कहिले पैसोमा लेनदेन हुन्छ भने कहिले गैर सरकारी निकाय वा अधिकारकर्मी घुस्छ सत्य कुरा नै लत्तरपत्तर हुन्छ धेरै मानिसहरुलाई यसको बारेमा सुन्ने, बिस्लेष्ण गर्ने चासो र फुर्सत छैन |सरकार वा राज्यको सहयोग त कल्पना पनि गर्न सकिन्न | कथम कदाचित सुनी हालेपनि उसको महिलाप्रति वा बलात्कार प्रति जे विचार बनाएको थियो त्यसकै आधारमा विचार बनाउछ वा पहिले जे सुन्छ त्यस्कै आधारमा कुरा गर्न थाल्छ त्यसको दुवै पछ वा गहिराहिमा गएर कुरा वा बहस गर्न निरर्थक ठान्छ |

६ महिनाको अवधिमा पाँच सय २९ महिला एवम् बालिका बलात्कृत हुदा खै को बोले ? महिला रस्ट्यपती मेरा लागि भन्दा पनि देखाउन्को लागि हो ।  उनले पद पाइन्  तर सम्मान  पाइनन त्यही भएर हो कि घर घरमा बलत्कार हुँदा उनी मुस्कुराइरहेकी छन मानौ किताबकी चित्र जस्ती ।  कलाकारको मुडमा उनको अवस्था परिवर्तन सामान्य हो । बलत्कार स्विकारीएको स्वस्थानी नुहाएर सबै छोरीहरुलाई पनि नुहाउन अपिल गर्ने, ॐ शान्ती  पुज्न लगाउने, फुलको आखामा फुल नै संसार हो भनेर बुद्धत्व सिकाउने, बिज्ञान, प्रकिर्तीलाई स्विकार्न  डराउने,पद, पैसा पाटिका दुधरुको लहै  लहैमा लागेर उनीहरुलाई अर्को खेती गर्न वा मसला बनाउन दिने सस्कार र सरकार भएको देशमा भो  म उजुरी दिन्न । संबिधान, कानुन, निर्देशिकामा लेखेका  ति अकेला अक्षरसँग म मित लगाउन सक्दिन ।  अब म बलत्कारको कुनै घटना  सुन्दिन, पढ्दिन, बोल्दिन ।

  म एक शक्तिबिहिन महिला मैले बलत्कार चुपचाप् सहनु पर्दछ, लुकाउनु पर्दछ ।  मेरा छोराछोरीलाई यसरी नै सहन सक्ने बनाए भने मात्रै मैले अशल आमा बन्न सक्छु ।  चुपचाप्  बस्न सके भने म असल श्रीमती हुनेछु ।  चुपचाप मान्न सके भने म गुनग्राही प्रेमिका बन्नेछु ।  चुपचाप बसे भने म असल कार्यस्थलको साथी वा कर्मचारी हुनेछु ।  मेरो पद, पैसा सबै बढ्ने छ, विदेश भ्रमण, बिदा सबै जुर्नेछ।  मलाई मृत्‍यु स्विकार्य छैन तसर्थ पद, पैसा, पाटि सबै चाहिन्छ त्यसैले म बलत्कारको उजुरी गर्दिन, पाटीको इज्जत फाल्दीन चाहे हर पल म बलत्कार सँग लडिरहेको नै किन नहु किनभने म अपवादलाई छोडेर बलात्कार स्वीकारिएको देशको नागरिक —राधा हु |
rpaudel456@gmail.com

Sent to Kantipur, not sure whether they publish or not 

Leave a Reply

Your email address will not be published.
*
*