Norvic Hospital’s mis surgery: right knee instead of left

Norvic Hospital’s mis surgery: right knee instead of left

by Radha Paudel
नर्भिकले निम्त्याएको निस्पटता
तिनग्टिंग……. तिनटिंग …….  आबाज आयो 
बाहिर  थिए
दौडिएर   भित्र गए ।  
मलाई फोन मिस गर्न मन थिएन तर जे लुगा लगाएको थिए त्यसमा गोजी थिएन ।  त्यसैले फोन घरभित्र र बाहिर  जताबाट पनि सुनिने र् टिप्न मिल्ने गरी झ्यालमा राखेको थिए ।  
घरमा ८१ बर्षको  बा भित्र पल्टिरहनु भएको थियो ।  घरिघरि सोद्यै हुनुहुन्थ्यो किन तीन घण्टा लाग्यो होला  हगी ? भाई बहिनीले डाक्टरसँग कुरा गरे होलान नि
बिचमा बेहोस् गर्ने डाक्टर आएर भनेका थिए रे धेरै च्यातिएको  रहेछ, त्यसैले ढिलो भो मैले जबाफ दिए | 
मैले बेहोस् गराउने काम २०५१ २०५५ सम्म गरेकोले मेरो परिवार केही बुझ्छ र सहयोगिको भूमिका  पनि खेल्न कोशीस गर्छ ।  

बालाई त सम्झाय तर मलाई सम्झाउने कोही थिएन ।  किनभने  नेपालका  डाक्टर  अपबाद बहेक विश्वाश  नै लाग्दैन, झन नयाँ पुस्ता त के हो केहो ? पढाई नै पुगेको जस्तो लाग्दैन   ।  
जम्मा  चार बर्ष अघी काठमाडौं   न्युरो,अस्पातलमा यम आर अाइ गरेको घुडामा  सिस्ट छ भन्यो, मेमेडिकेयरका ख्याती प्राप्त डाक्टरले अपरेशन गर्नुपर्छ भने, होला  त नि भनेर गरियो, तर सिस्ट  नै रहेनछ ।  अपरेशन गर्दा म भित्रै संगै थिए ।  बहिनिको घुडा  झन झन दुख्यो सुनियो  साह्रै दु:ख पाइयो, पैसा पनि खुब सकियो ।  झन्डै छ महिना अर्कै  डाक्टर  र औषधीगरे पछी केही निको भो तर दुखाइ त अझै पनि छदै छ । 
मैले करीब सातबर्ष अस्पातलमा काम गर्दा,मैले मै हुँ भन्नेहरुको हेल्चक्राइको पराकस्टको साछी भएको छु ।  कोही चर्चामा आउछन कोही भीत्रै चीनी जस्तै बिलाउछन, कोहि  पानीको फोको जस्तो सुलुल् माथि उठ्छन अनि आँफै प्याक्क् फुटछन्,बिलाउछन,  कुनै बर्सौ यो अदालत र त्यो अदालतमा बहस बनिरहन्छन र कुनै मिलोमतो गरिन्छन ।  तपाईंको मनमा प्रश्न अाउला  –के तैले चाँही केही नै, गरिनस्? के त पूर्ण होस् ?यस्तै के के ? म पूर्ण हैन र छैन पनि तर मैले आफुले लिएको जिम्मेबारीमा कहिल्यै  त्यस्तो भुल वा गल्ती भएन| हुनसक्छ म एकदमै सम्बेदनशील थिए ।  
दिदीले आफ्नो चिन्ता  यसरी पोख्नु भएको थियो बेलाबेला घाटीको अपरेशन  गर्नेमा पाठेघर , एक खुट्टा गर्नेमा अर्को गरेको हल्ला आउछ, मलाई एकदम पिर लागेको छ ।  म थाईरोड़को  भिडियो गर्न गाको, कोठामा  छिर्नैइ नपाउदै  डाक्टरले आदेश दिए कुर्ता माथि गर्नुस् ।  
मैले दिदिलाई भने दिदी सयमा सय ठीक हुन्छ भन्ने कही पनि हुन्न ।  मैले पढ्दा  पनि कुनै १००० मा, कुनै १०,००० मा एक दुई बिग्रन्छन भन्छ | देब्रे दाहिने भनेको त कि ग्रान्ड षडयन्त्र हुनु पर्यो नत्र हुँदैन किनभने  अप्रेशन एकजनाले मात्र गर्ने होइन| कम्तिमा पनि छ जनाको टिम हुन्छ ।  बेहोस् गर्ने, अपरेशन गर्ने, स्क्रुब नर्स तिनीहरुका सहयोगि, अपरेशन  कक्षाको प्रमुख आदी ।  
मैले फेरी थपे मैले जमानमा भरतपुरमा अपरेशन गर्दा त कति धेरै पटक सोद्थेयु बिरामीका आफन्त, बेहोस् हुनु अघि बिरामी स्वयमलाई,  रेकड हेर्थ्येउ,  देब्रे दाहिनेको केसमा कलमले क्रस् गरेको हुन्थ्यो भने, भर्ना कागजमा रातो वा फरक रङ्ले ह्यच गरेर माथि सबैले सजिलै देखिने गरि देब्रे दाहिने लेखेको हुन्थ्यो भने झन्डै तीन दसक पछी त्यो पनि अन्तरस्तिय अस्पातल कसरी त्यस्तो जगन्य हेल्चक्राइ  सम्भब छ  धेरै शंका गर्ने होइन    बरु विश्वाश र सहयोग गर्ने हो ।  हाम्रो जिन्दगी बिगारेर् उस्लाई के फाईदा ? छ भने त सपारे नै छ नि ।  मैले दिदिलाई जसरी पनि मनाए ।  
बुहारीलाई काठमाडौं    पठाउन म आँफै पूर्ण ( जुम्लाको दुर्घतनाबाट) स्वास्थ्य   नभए पनि काठमाडौँबाट चोरको शैलीमा भरतपुर गएको थिए ताकी तीन तीन बच्चालाई साथी हुन सकु र बुहारीलाई पनि साम्झएर पठाउ ।  बुहारी  अलिक बुझ्ने खालकी भएकिले हुन सक्ने बेफाईदा र खतराका बारेमा छलफल गरे जस्तै च्यातिएको  जोड्न गाह्रो हुन सक्ने, झन च्यतिन सक्ने,  सामान्य  अवस्थामा फर्कन समय लाग्ने वा नसकिने, कहिलेकही बेहोस् नै नहुने, होस न फर्कने, डिप्रेसन्मा हुने आदी ।  तर मैले देब्रेको दाहिनेको हुने कुरा गर्दै गरिन । देशको पहिलो अन्तरस्तिय  अस्पातल जहाँ देशका सबै ठुला नेताहरुले उपचार्  गर्छन्,मरेका पनि बच्छन  तसर्थ त्यस्तो हुन सक्ला भनेर कल्पना पनि गर्न सकिन ।
मनमनै अस्पातलबाट फोन आयो कि  केही नयाँ खबर छ कि, सोच्दै  फोन उठाए ।  साच्चै फोन अस्पातलबाट  आएको रहेछ सरोज भाईको ।  
केही गरुङो र केही उत्सुकतापूर्वक फोन उठाए | गरुङो यो अर्थमा भए कतै केही नराम्रो  पो भो कि  बहिनीले  भन्न नसकेर पो हो कि । फेरी बिजुली चम्काइको तेजमा आँफैले आफूलाई गाली गरे, के नराम्रो  कुरा सोचेको होला    सबै काम सकियो बुहारी  गफ गर्न थालिन भनेर खुशी साट्न हुनसक्छ भनेर चित बुझाए | 
बालाई मैले भनेर मात्र विश्वाश नगर्ने भएकोले सोझै सुनाइदिन ह्यन्ड्स फ्री गरेर फोन उठाए । फोन मिस भएर फेरी आएको रहेछ ।  भाईले सोझै भने एक्लै हुनुहुन्छ
उस्ले एक्लै हुनुहुन्छ भन्नु आज अरु बिषय  नभएर बुहारीकै बिषय हुनेमा शन्का नै भएन ।  छड्के आँखाले बा जुरुक्क उठेको  देखीहाले र कुरा गर्दै बाहिर  निस्के, बा पछीपछी हुनुहुन्थ्यो भने भान्सामा  भएकी भतिजी पनि पछी लागेको देखे ।  उ कलेजबाट चाडो आएकी थि ।  भन्दै थि स्कुलले एकदमै  दु:ख दियोपढ्न पटक्कै मन थिएन त्यहिपनि छोडेन ।  
फोन सकियो, म भाग्दै भाग्दै आगनको बाटोतिरको छेउमा पुगेको थिए ।  फोन राखेर पछाडि फर्कने आट थिएन तर सुख पनि थिएन ।  उहाहरुलाई हेर्नै सकिन तर उहाहरुको  प्रश्नको असिनाले म चुटीसकेको थिए। 
बाले सुनी सक्नु भएको थियो तर भर थिएन ।  अझ भनु उहालाई नराम्रो  सुन्न मन थिएन ।  भातिजिलाई थाहा थिएन तर स्टाफनर्स तेस्रो  बर्ष पढ्दै  गरेकिले नराम्रो  सोच्दै हुनुपर्छ ।  रातो अनुहार र आँखामा आसुका दाना डिलडिलमा तछाडमाछाड गर्दैथिए ।  मेरो मन टुक्रिएर भाई कहाँ छ होला भनेर भाईको कालो अनुहार खोज्न पुग्यो ।  सानो भाई (भतिज) संगै झोला राख्दै कान्छी दिदी ममिलाई फोन गरु, ममिको होस् खुलिसक्यो भन्नुभको हैन ।  अर्को मन दौडिएर बौदिक अपाङ्ग भएकी भातिजिकोमा पुग्यो दिदी तैले नै हैन मेरो ममी अर्थात्  सहयोगिलाइ काठमाडौं  पठाएको ? एउटा मन कुदेर नर्भिक  अस्पातलमा  पुग्यो र बुहारीलाई भन्यो म माफि माग्न लायक छैन तर पनि उपाय केही छैन, माफ  गर बिन्दु, मलाई विश्वाश गरेउ, बरबाद भो ।  फेरी बुहारीको बेड्मुनी बेहोस् भएर ढलिरहेकी बहिनिलाई नाडी छाम्न पुग्यो मन ।  
म बोल्नै सकिन, रुन पनि सकिन ।  घरि बा घरी भातिजिलाई हेरे र थाकी पनिसके ।  प्रश्नहरु अलिक उग्रमोडमा बर्सिरहे ।  मैले खै काहबाट बल निकालेर भने डाक्टर  मरेछ, दाहिने खुट्टा पो अप्रेशन  गरेछ ।  मैले दहिने भनेर नसक्दै बा थचक्कै भुइमा बस्नु भो, भातिजी ह्वा ह्वा गर्दै भित्र पसी ।
मेरो अन्योलता अझै सकिएन ।  बा हेरु कि भतिजी हेरु कि भाईलाई खोजु कि काठमाडौं  फोन गरु कि
बालाई सम्झाउदै  उठाए र भने जानुबहिनिलाई सम्झाउनु    तपाईं नै एस्तो गरे पछी केटाकेती झन आतिन्छन ।  कम्तिमा मान्छे त केही भको छैन नि, यि बच्चा टुहुरो भएका छैनन ।  बा नबोली खुरुखुरु जानु भो, मलाई बा रोबर्ट जस्तो लाग्यो ।  उहाको एकछिन अघिको चुरीफुरी कहाँ गयो होला। मैले नगर्नु, अलीअली कालो देखिएर केही हुन्न भन्दाभन्दै, मलाई किन्छन रे भन्दैमा जे जे पनि बेच्छन भन्दै ,के के न मिलले पिसेको मुसुरोको दाल धेरै दाना भयो भनेर त्रिपल माथि जातो राखेर घुइघुइ पारेको फुर्ती। कताबाट  खितिती हास्न मन लाग्यो फेरी हासिन ।  आँफैलाई बहुलाएकी जस्तो लाग्यो ।  एकदम डर लाग्यो ।  भाईलाई के भनु ? कसरी भनु ? के को नाकले मुख देखाउ सोचेर छटपटी भो ?
भरतपुरको निजी अस्पातलमा अप्रेशन  गर्ने सल्लाह पाएपछी हामीलाई दोस्रो सल्लाह लिन मन लाग्यो किनभने  यो हाडको मात्र मामाला थिएन ।  यो लिगमेंट्स च्यातिएको   भनिएको थियो जुन अहिले भन्दा पछी समस्या हुने भएकोले अहिले अप्रेशन  गरेर ठुलो समस्या  रोकथाम हुन्छ भनिएको थियो ।  फेरी अर्कोतिर  यस्तै यस्तै सल्लाह वा बहानमा परिवारमा चोखा घुडा  कमै थिए ।  
बाको पेट्को नियमित जाचको लागि काठमाडौं  नर्भिक  अस्पातल जादै हुनुहुन्थ्यो  त्यसैले बुहारीको एम आर अाइ त्यही देखाउने निधो भो ।  बा आँफै रिपोर्ट बोकेर भाई बहिनी संगै मंगलबार  नर्भिक जानु भो ।  
साझपख् बाले केही पिर र केही खुशी मीसिएको भाकामा भन्नु भो अप्रेशन   त गर्न पर्छ रे ।  अहिले सुनिने दुख्ने नभएपनि अप्रेशन  गर्नु पर्छ रे नत्र पछी हिड्दा  हिड्दै  थाहै नपाई लडिन्छ रे ।  बालाई रानो मौरी झै घेरेर बसेका नातीनातिना कोही पनि बोलेनन तर मलिनो अनुहार  र लोझीलो आँखाले एक अर्कालाई  हेरे र चिन्ता ब्यक्त गरे ।  बा नाटककिय शैलिमा अलिक मुस्कुराएर भन्नु भो पैसा बाहेक सबै कुरा सोधियो ।  डाक्टर  त्यही अस्तिनैको रहेछ प्रबिण नेपाल ।  अस्पातलमा ३५ दिन बस्नु पर्छ अनी दुई हप्ता बैसाखिमा  हिंडेपछी कम्तिमा २ महिनामा पहिलेकै अवस्थामा  पुग्न सकिने रहेछ ।  
परिवारका अन्य  सदस्यलाई घुडाको अप्रेशनको पटक पटक धोका पछी दु:ख हुन्छ भन्दै गर्दा अहिले नै गरेर झन धोका  हुन्छ कि भन्ने डर  अनि फेरी नगेर्यो भने अझै धोका  हुन्छ कि एकदम दोधर परिस्थिती सीर्जना  भयो ।  बुहारीको उच्च मनोबल राख्नु पनि अर्को चुनौती थियो। 
मैले भरतपुर अस्पातलमा  चिनेका डाक्टर  र नर्स साथीहरुलाई संपर्क गरे ।  रिपोर्ट सबै काठमाडौं  पुगिसकेकोले रिपोर्ट लिएर फेरी सोध्न जान त मिलेन ।  साथीहरुको अप्रत्यछ राय थियो आखिर पैसा कम्तिमा डेड दुइ लाख लागिहाल्छ,किन जोखिम मोल्छौ   मलाई भरतपुरमा  गराउन मन थियो, केटाकेतीहरुले भेट्न, भाईलाई घर  ब्यबसाय र अस्पताल गर्न धेरै आफन्तलाई भेटघट गर्न सजिलो पर्थ्यो   म आफ्नो लागि त जस्तो पनि निर्डय गर्न सक्छु मैले भरतपुर सरकारीमा हुने त्यही र नहुने अन्य अस्पतालमै जुम्लाको दुर्घटनाको उपचार गरिरहेको थिए |  तर मलाई पनि सजिलो त छैन । हालसालै मैले जुम्ला, सिविल, वीर र भरतपुर अस्पातल अनुभब  बटुलेको छु, थाहा छ सबैलाई मेरो जतिको सहज र सजिलो छैन |
मैले रातको करीब  दश बजे भाईलाई फोन गरे ।  अप्रेशन  गर्नु नै पर्छ रे ।  मलाई भरतपुरमा    नै गर्न मन थियो ।  तर निजी अस्पातलमा  गुणस्तरीय प्रबिधि नहुन सक्छ फेरी बिन्दुलाई दम पनि देखिने भएकोले पछी पछुतो हुन्छ कि ? बिन्दुलाई पनि मेरो कुरा ठिकै लाग्यो ।  जम्मा २३ हप्ताको कुरा थियो ।  कहाँ बस्ने, कस्ले कुर्ने भन्ने समस्या छैन, दिदी भिनाजु भएपछी  अरुलाई समस्या भएको पनि हाम्रो समाधान हुन्छ ।  यसरी अन्तत काठमाडौमा अप्रेशन गर्ने निधो, भो ।  केटाकेतीको जाच ताका उठेर  बस्न सक्ने अनुमानका साथ योजन अघी बढ्यो ।
म आँफैले बिन्दुलाई एअरपोर्ट छोडे ।  बा त्यही बिहान भरतपुर ओर्लनुभो ।  सबैलाई विश्वाश थियो यो खासै ठुलो समस्या हैन ।  
अप्रेशन कक्षामा जानु अघी फोनमा सबैसित कुरा भो ।  
शनिबारको दिनको भर्पुर प्रयोग होस् भन्ने थियो भयो भन्ने लाग्यो। अाइतबार घर जान्छन अनि काठमाडौंमा भाईबहिनिलाई  पनि सजिलो हुन्छ भन्ने थियो। 
शुक्रबार साझ पौने छ् बजेको फोनले सबै सपना योजना चकनाचुर  भयो ।  
मैले भाईलाई कुरा गर्न सकिन उस्को ड्राइभरलाई फोन गरेर बुझे र काठमाडौंजान तयार हुन भने ।  
सुरुमा त कसरी सबैलाई सम्झाउने भन्ने मात्रै भयो ।  बा भाई सँग काठमाडौं  जान ताम्सिनु भो  बल्ल् बल्ल  थमाये ।  बाटो गतिलो थिएन, सानो गाडी झन गाह्रो त्यसमा पनि भाइलाई ज्वरो अाइरहेको थियो ।  उस्को मुहारमा हेर्ने आटै थिएन, भुइमा  हेर्दै यति मात्रै भने हात नछोड्नु, सम्यम हुनु,जे हुनु भैसक्यो   उस्ले छोटो जबाफ दियो एकै सासमा मार्छु ।  उस्को दु:ख बोलेको हो, श्रीमती प्रतिको माया बोलेको हो ।  केटाकेटिमै प्रेम विवाह गरेको दु:ख सुखको साथी, दुई छोरी एक छोराको माया बोलेको हो । 
ड्राइभरलाई सम्झाएर पठाए |मलाई फोन आउन थाल्यो मिडिया  बाजी नगर्नु, मदन पुरस्कार पाएको मान्छे रे,मेरो इज्जत जान्छ रे ? कस्तो देश, कस्तो भलाद्मि भएको देश तर केही जबाफ  दिन मन लागेन ।  
खाना  पाक्यो तर बुझ्नेहरु कोहिले खाएनौ ।  बा नबोली सुतिरहनु भयो, रोएको सुनिन्थेन,भित्रैभित्र रोएर होला  एक तमासले खोकी लाग्न  थाल्यो  अनि ज्वरो आयो । अनुहार पुरै रातो,तातो थियो |निधार फुट्ला जस्तो थियो |  म रातभरी उहालाई  कुरेर बसे ।  
भोली के के होला, कसरी सहमति  होला  भन्ने कुराले मनमा अड्डा जमाइरह्यो ।  बिशेष गरी बेहोस् गरे पछी दाहिने खुट्टामा समस्या  देखेर दाहिने  खुट्टामा अप्रेशन गरेको भन्ने डाक्टरको स्पष्टिकरणले अस्पातलमा जगन्य अपराधको पराकस्ठको उचाइले यती घोच्यो, यती दुख्यो, यती रिस उठ्यो कि सिमा नै, भएन ।  मंगलवार बिरामीको तीन तीन जना आफन्तको अगाडि एम आर अाइ, एक्सरे हेरेको डाक्टर, बिहीवार दिउसो बिरामीको साथमा रिपोर्ट हेरेको डाक्टर , शुक्रबार बिहान् आँफैले बिरामी भेटेको डाक्टर  कसरी त्यसो भन्न सकेको होला  प्रश्न नगर्ने, जे भने पनि पताउने, घर खेत बेचेर नर्भिक आउने बिरामीको हालत सम्झेर के भयो म शब्दमा व्याख्या  गर्नै सकिन ।  
केही पनि नभएको खुटोलाई बिहान् दश बजे देखी दुई बजेसम्म के के गरे होलान, च्यातिएको  देखाउन नच्यातिएको पनि च्यातेर सिलाए |बिन्दुको जिबन र परिवार बर्बाद गरिदिये भन्ने कुराले अति नै पिडा भयो ।  बाको ज्वरो खोकी बडेन मात्र,पेसर बढ्यो  १८० को मुनी १२० भयो ।  एक्लै छु, सानो भाई त्यही सुतेको छ  उस्को अनुहार उस्तै छ निन्द्रा पनि उस्तै छ,होश खुलेपछी बोल्ने भनेर कुर्दाकुर्दै निदायो ।  उस्को निदाएको अनुहार पनि मलाई हेर्न डर  लाग्छ, मुटु ढुक ढुक गर्छ ,भक्कानो छोछुट्छ ।  
माथि दुई भातिजी छन तर के गरिरहेका छन मलाई थाहा छैन ।  सानीले  दिदिको आशु कती बुझी कती बुझिन , खाइ कि खाइन् केही थाहा  छैन ।  ठुलिले केही खाइन्, मलाई हेर्दा नि हेरिन, मैले जोड पनि गरिन ।  कुकुर र बिरालोलाई खान दीई  अनी भान्सालगाइ र माथि गैइ ।  मैले यती मात्रै भने पानी खाउ, बैनीसँग सुत ।
  
भन्न त पुरूसहरु चित्त दु:खउ    छन, के महिलाको आबस्तकता र अधिकारको कुरा गर्न महिला नै हुनु पर्छ ? पर्दैन  पटक्कै  पर्दैन तर पुरुशहरुको गराइ अझै पनि खल्लो लाग्छ, सहानुभुतिपूर्ण, बिचरा  मैले गरिदिये, म नभएको भए हुनै सक्तैन, अस्थायी प्रकिर्ती  आदी भाबमा देखीन्छ ।  चाहे त्यो सरकारमा होस् वा घरमा होस्, महिलाहरु अधिकाम्स  आफ्नो बोली फेर्दैनन तर अशिकम्स पुरुशहरुको परिस्थिती अनुकुल भएन तसर्थ म पनि परिवर्तन हुन वाध्य  भए  भनेर वा नभनिकनै परिवर्तन हुन्छन ।  त्यसरी परिवर्तन हुन सक्नु नै, पुरुसार्थ सम्झन्छन र गौरब गर्छन् ।  
बल्लो र पल्लो कोठा, तल र माथि, सबैको सासको गति मापन गर्दै हिडिरहे  बिन्दुको अनुहार, जिन्दगी को पलहरु संगै ।
३७ बर्षकी महिला, उस्तै परे बल्ल बिहे गर्ने उमेर ।  उसले निर्बाह गरेको भूमिका अत्यन्तै गहिरो र फराकिलो ।  तीन तीन बच्चाको आमा, एउटा बच्चा को पूर्ण सहयोगि ।  ८१ बर्षको बिधुर ससुराको सहयोगि, खेतीपाती,गाइ,  पसलको जिम्मेबारी  र श्रीमानको ब्यवसायको सल्लाहकार अनि माइतको जेठो छोरी, सबैको मियो तर नदेखिने भूमिका ।  
कुनै नेताको उपचार्  गर्दा होस् वा कुनै नयाँ अप्रेशन   गर्दा प्रेसमीट गर्ने अस्पताल किन हाम्रो लागि प्रेसमीट गर्दैन ।  प्रेसमीटमा भुल स्विकार गरेर पीडितको जिबन पर्यन्त सम्पूर्ण उपचारको जिम्मा किन  लिदैन ।  जे भयो भयो फिर्ता गर्न मिल्दैन, डाक्टरको पनि त्यसरी नै खुट्टा काटेपनि पीडितको जिन्दगी फिर्ता त आउँदैन तर अस्पताल किन बिन्दुको अप्रेशनले श्रीजना गरेको अपाङ्ग जिबन र उसको जिबनमा अाइपर्ने मानसिक, आर्थिक, पारिबरिक पारीबेशलाई मद्यनजर राखेर आर्थिक छतिपुर्तिको तत्काल किन व्यवस्था गर्दैन ।  जसले पीडितको उच्च  मनोबल हुनुको साथै स्वास्थ्य पनि राम्रो र चाडो सुधार हुन्छ ।  परिणामस्वरुप पीडितले जिबनभर आँफै सहयोगिको ब्यबस्थ गर्न सक्छ, श्रीमान वा अरु कसैको भर पर्नु पर्दैन ।  अहिले आलो घाउमा सहयोग गर्ने धेरै भेटिन्छन् तर दिर्घकलिन सहयोग गर्न सम्भब पनि छैन, गर्दा पनि गर्दैनन ।  त्यो सहयोग पीडितले आफ्नै लागि खर्च गर्न परेन वा राम्रो परिवार रहेछ भने कुनै सामाजिक काम पनि गर्न सक्छ। अहिले भाबुक भएर हुँदैन चाहिदैन भने पनि भाबिस्यमा  आउन सक्ने असामन्य अवस्थामा  पनि आत्म निर्भर पूर्वक बाँच्न सक्छ, पछुतो  गर्नु र डिप्रेसन्मा पर्नु पर्दैन । किनभने कोहि पनि खुट्टो काट्न दिएर पैसा लिन्छु भनेर गएको हुदैन |यसरी गल्ती गर्ने कुरामा सरकार किन गम्भिर हुँदैन ।  घटना घट्छ, दुइ चार वटा पत्रिकामा आउछ  अस्पतालमा तोडफोड हुन्छ सकिन्छ ? सरकार अस्पताल, डाक्टर, नर्सको नियमित गुणस्तर मापन गर्ने, गल्ती गर्नेलाई कारबाही गर्न किन चुप लागेर बस्छ र भनीरहन्छ नेपाल मेडिकल  हब  बनाउने । के अस्पताल खोल्नेहरू पैसा र पोलिटिक्सका करोडपति हुन् उनिहरुसंग न्याय माग्नु नै जायज छैन वा गल्ति हो | हामी सोझा साझा,निमसराहरुले अस्पतालले, डाक्टर,नर्सले पनि मुखमा दहि जमाएर स्विकार्नु भाग्य र दशालाई स्वीकार्नुको बिकल्प छैन | छतिपुर्ती पिडितको रहर नभएर बाध्यता हो, मजबुरी हो, नियति हो | यदि कसैले छतिपुर्तिको सबाल आफ्नो व्यक्तिगत इज्जतसंग तुलना गर्छ, अपमानित वा लोभी मान्छ र माग्दैन वा अस्पतालले जे भने पनि मनिरहंछ भने त्यो गहन अज्ञानता हो | भोलि भोलि एस्तो घटना दोहोरिरहनालाई प्रोत्साहन गरेको वा डाक्टर र अस्पताललाई सहयोग गरेको हुन्छ न पिडितलाई |भोलि समय घर्किदै जादा जीवनका उकाली ओरालीहरुमा यतिखेरको छातिपुर्ती नलिने कुराले उल्टो पिडा नदिन सक्छ भन्न सकिन्न |
देब्रे खुट्टाको अप्रेशन दाहिनेमा गर्ने म्यासिब दुर्घटना भएको बेला वा प्रकोपको बेला गरिएको गल्ती होइन, ह्याकर ह्यकर भएर आएको वा हर्ट् आटक भएर आएको आकस्मिक् अवस्थामा भएको वा मुटु, गिदिको अप्रेशन  गर्दा भएको त्रुटी वा हुनसक्ने असर पनि होइन ।  
बस्दा, भर्याङ् हिन्दा बाहेक  नदुखेको घुडो, आँफै एक्लै भरतपुरदेखी अस्पताल पुगेको महिला, खुबै भए अप्रेशन गर्दा एम आर अाइ ले भने जस्तो न च्यातिएको वा जोड्न नसकिएको वा बेहोस् गर्न नसकिएको वा बेहोसीबाट उठ्न नसकेको, वा रगतको नली काटिएर रगत रोक्न नसकेको, वा घाउ पाकेको वा घुडा  झन खराब वा काम नलाग्ने भएको सम्भाबित अवस्था हुन जुन डाक्टर ले पहिले नै,भन्नु पर्छ । 
यो देब्रे दाहिने नितान्त फरक केस हो किन सरकार  वा परिषद चुप लागेर बस्छ ? यस्ता डाक्टर को लाइसेन्स खारेज किन हुँदैनन ताकी यस्ता घटना भाबिस्यमा न्युन गर्न सकियोस ? यो डाक्टर को  मात्र कुरो हैन नर्स को पनि कुरा हो उनीहरुलाई  कारबाही गर्न किन नर्सिङ  परिषद चुप लागेर बस्न सक्छ ।  गुणस्तर  त सबै पेशा र छेत्रको अपरिहार्य  होइन   र
डाक्टर,नर्स कुटिनु, लाइसेन्स  खारेज हुनु कुरा पटक्कै  शोभनिय कुरा होइनन् तर यसलाई रोकथाम किन गरिदैनन? बिरामीलाई राम्रोसँग सुन्ने र सुनाउने कला कै कमी धेरै समस्याको जड् हो ।  तिमी डाक्टर कि म डाक्टर भन्ने भाषाबाट सुरुहुने, बिरामीलाई निर्जिब सामङ्री जस्तो व्यबहार गरेपछी न बास रहन्छ न बासुरी बज्छ ।
यो लेख लेख्दा म अस्पातलमा बालाई भर्ना गरेर उपाचर् गराइरहेको छु ।  काठमाडौंमा के के भयो भन्ने कुरा खासै बीस्त्रितमा पनि थाहा छैन ।  मानसिक र शारिरिक् रुपमा थाकेका  भाई बहिनिहरुलाई सोध्ने आट पनि छैन ।  फरक फरक आफन्तका फरक फरक  मत घरिघरि ठोक्किन आउछन  एकोहोरो सुन्नु वा आँखा वा मुन्टो हल्लाइदिनु वा फोनमा  अ आ गर्नुको बिकल्प छैन    भाईको थैल्यान्ड र मेरो साउथ अफ्रिकाको भ्रमन् रद्द गरेउ  भने अधिकाम्स  परिवारका सदस्यको रुटिन  फेरियो ।  स्कुल, अफिस सबैतिर असर् पर्‍यो। दुई महिने नाती होस् कि ८१ बर्से ससुरा सबै को जिन्दगीमा जिबन पर्यन्त  ठेस लाग्यो जस्को कुनै मुल्य नै, छैन, कहिल्यै  निको हुन्न ।  
केटाकेटि कुर्ने मान्छे नभएकोले घर मै बालाई  नशाबाट पानी र औषधी दिए तर बलाई च्याप्दै गयो अर्थात् हरेश नै खाए,पुरै होस् हरायो| राती नै  अस्पताल ल्याए ।  जहाँ उस्तै उस्तै लाग्ने एपिसोडको साछि बने तर स्वकार्नुको उपाय  थिएन । डाक्टरले बाको छाती छाम्दै सोधे / पहिले चुरोट खानुहुन्थ्यो |चाहे अन्तरास्तिय,चाहे रास्तिया चाहे काठमाडौँ चाहे भरतपुर डाक्टर नर्सले बिरामीलाई जनावरको हैसियत पनि दिदैनन एदी त्यहाँ कुनै पहुच छैन भने |मलाई आफु नर्स हो भन्न येहानेर हुन्छ |
बा एकैचोटि मंगलवार मात्र सूरले बोल्न थालनु भो ।  
घरकै ग्यारेजमा चिच्याएको सुनेपछी मैले आँफै गएर उठाए ।  स्कुटरको स्ट्याण्ड लागेन कि लगाइन म जान्दिन ।  स्कुटर बिन्दु माथि पल्टिएको थियो ।  पानी खान्छु भनी पानी खुवाए ।  नातिनी र मैले पिडिसम्म ल्यायर राखेयौ |औला चलिरहेको थियो सुन्निएको थिएन त्यसैले भाचिएको छैन भनेर पक्का भो |भोलिपल्ट एक्सरेमा केही नदेखियेपछी एम आर अाइ गरे अनि अप्रेशन   गर्न  भने   म आँफै रिपोर्ट बोकेर काठमाडौं गए, डाक्टरलाई भेटे ।  अहिले नदुखे, पनि भबिस्यको ख्याल् गरेर अप्रेशन गर्नु राम्रो र दुई महिनामा जस्ताको तस्तै हुने अश्वासन दिए मैले पत्ताए   बाले  थप्नु भो मलाई दोधार् भो  बुहारी  हिडिरहेकी छ,  बिस्तारै खोच्याउदै खाना  तयार गर्ने, गाई दुने बुहारी,एकमन भैगो  अप्रेशन नगरु, भन्न मन लाग्छ ।  छोरीहरुको जस्तै यसको पनि अप्रेशनको कारण घुडा  नबिग्रियोस भन्ने लाग्छ तर डर लाग्छ फेरी   डाक्टरको पछी भ्यात्राक भ्यात्रा्यक लड्छ भन्ने सम्झेर  फेरी जिन्दगी भर छोरा बुहारी  नातिनातिनाले साराप्छन् कि भन्ने लाग्छ ।  आज म सुत्न सक्दिन मेरो मन गौरिगन्ज देखी काठमाडौं, काठमाडौं  देखी गौरिगन्ज गरिरहन्छ ।  अरुहरुले दु:ख पाए पाए, दुई चार महिनामा छुटकारा पाउछन तर बुहारीको लागि जिबन भर निको नहुने रोग डाक्टरको चरम् हेल्चक्राइ का कारण लाग्यो ।  मलाई झन पिडा भयो जब दिउसो मलाई भेट्न आएका आफन्तले पत्रीका पढेर सुनाए जहा डाक्टर दाहिने खुट्टामा बढी समस्या थियो भनेर स्पष्टिकरण दीइरहेको छ   बा घकलचनु  भो बोल्नै सक्नु भएन, सास बढ्यो ।  मात्रै सुनियो घिक्क  घिक्क……

Leave a Reply

Your email address will not be published.
*
*